यातायात मजदुर संघ सप्तरीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

मिति: २०२४-०३-२८ , समय : २०:१६:४१ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजस्थित राजरंगशालाको खेल मैदानमा अखिल नेपाल यातायात मजदुर संध सप्तरीको तेस्रो जिल्ला सम्मेलन बिहीवार एक समारोह विच सम्पन्न भएको छ । संघको तेस्रो जिल्ला सम्मेलन बिजेन्द्र देवको अध्यक्षता तथा अखिल नेपाल ट्रेड युनियन महासंघका मधेस प्रदेसका अध्यक्ष केदार देवको प्रमुख आतिथ्यमा भएको छ । सोहि कार्यक्रममा बिशिष्ट अतिथीहरु नेकपा(माओवादी केन्द्र)का पुर्व मधेश प्रदेश सदस्य छेदी रजक(विमल),संघको केन्द्रिय सचिवालय सदस्य महासंघका केन्द्रिय सदस्य रमेश गुरुङ्ग,प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार देवराम यादव,यातायातका प्रदेश अध्यक्ष रंगनाथ तिमिल्सिना,महासंधका जिल्ला इन्चार्य रतन मण्डल,जिल्ला अध्यक्ष रामचन्द्र यादव उपाध्यक्ष कपुर देवी चौधरी लगायतले सम्मेलनको सफलताको शुभकामना दिनु भएको थियो । सोही सम्मेलन मार्फत बिजेन्द्र देवको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समितिमा निरज मण्डल उपाध्यक्ष राजाराम यादव सचिव,भोगेन्द्र ठाकुर सहसचिव,सुरेन्द्र मेहतर कोषाध्यक्ष रहेका छन भने सिर मुखिया लगायत सदस्य चयन भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-२८ , समय : २०:१६:४१ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित