मधेस प्रदेश : घरायसी विवादमा श्रीमान्‌ले गरे आफ्नै श्रीमतिको हत्या

मिति: २०२४-०३-२८ , समय : १३:५५:३९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटमा श्रीमान्‌ले हँसिया प्रहार गरि आफ्नै श्रीमतिको हत्या गरेका छन ।

रौतहटकाे वृन्दावन नगरपालिका वडा न.१ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।

वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी गरुडाका डीएसपी ओम खनालले जानकारी दिए ।

वाग्मती बगरमा घाँस काट्न गएका बेला दुवैबीच विवाद भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका वाइबाले श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हल्ला गरेका थिए ।

उनले आफनो पनि घाँटी रेटेर आत्महत्या गर्न लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

इबाको घाँटीमा गम्भीर चोट छ । उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । यता साे घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले जनाए ।

प्रकाशित मिति: २०२४-०३-२८ , समय : १३:५५:३९ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित