मधेस प्रदेश : जनकपुरमा दुई छुट्टाछुट्टै घटनामा एक महिला सहित दुई जनाको मृत्यु
मिति: २०२४-०३-२६ , समय : ११:१३:१८ , गामघर डेस्क
मिति: २०२४-०३-२६ , समय : ११:१३:१८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको जनकपुरमा दुई छुट्टाछुट्टै घटनामा एक महिला सहित दुई जनाको मृत्युु भएको छ । साेहि क्रममा धनुषाको जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस्तै धनुषामा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह छन् ।
आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी.एल.१२ सी ०९४४ भारतीय नम्बरप्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारकिो क्रममा आज बिहान ७ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०३-२६ , समय : ११:१३:१८ , ९ महिना अगाडि