चार्जमा जोडेर गेम खलिरहेकाे मोबाइल पड्किदा चार जना बालबालिकाको मृत्यु
मिति: २०२४-०३-२४ , समय : २०:१२:३० , गामघर डेस्क
मिति: २०२४-०३-२४ , समय : २०:१२:३० , गामघर डेस्क
गामघर डेस्क
भारत । भारतको मेरठमा मोबाइल पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । शनिबार राति भारतको मेरठस्थित मोदीपुरममा यो घटना भएको हो । चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही क्रममा मोबाइल पड्किँदा आगो निस्किएको थियो ।
ओछ्यान र झ्यालको पर्दामा सल्किएर आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए । घटनामा पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।
उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ । जोनीको अवस्था खतरामुक्त रहे पनि बबिताको अवस्था गम्भीर रहेको छ । निहारिका, गोलु र कल्लु मोबाइलमा गेम खेलिरहेको समयमा विस्फोट भएको जोनीले बताएका छन् । एजेन्सी
प्रकाशित मिति: २०२४-०३-२४ , समय : २०:१२:३० , १० महिना अगाडि