सप्तरीको सकरपुरामा ऐलानी जग्गा खाली गराउन सक्रिय स्थानीय जनप्रतिनिधिहरु

मिति: २०२४-०३-२३ , समय : ०७:५०:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.३ सकरपुरामा अतिक्रमणमा रहेको ऐलानी जग्गा खाली गराउन जनप्रतिनिधिहरू सक्रिय देखिएका छन् ।शुक्रबार एक कार्यक्रमबिच वडा अध्यक्षसहितको टोलीले वडा भित्र रहेको ऐलानी जग्गाको अनुगमन गरेका छन् ।
ऐलानी ‍जग्गा खाली गराउने अभियान अन्तर्गत १५ र ११ दिनको म्याद दिएर दुई चरणमा सुचना निकालेर जग्गा खाली गर्न जानकारी गराइसकेको वडाध्यक्ष रमेश कुमार मुखियाले बताए ।उनले त्यसै कार्यक्रम अन्तर्गत स्थानीय राजनीतिकर्मी, बुद्धजिवी तथा भरभलादमीको उपस्थितिमा अनुगमन गरिएको बताए ।
कार्यक्रम संचालक जनता समाजबादी पार्टी नेपालको तिलाठि कोइलाडी गाउँपालिका सचिव शिवनाथ यादवले ७ दिनको म्याद दिएर तेस्रो पटक जग्गा खाली गर्न सुचना जारी गर्ने र त्यसपछि पनि खाली नहुने ऐलानी जग्गालाई कानुन बमोजिम उपाय अपनाएर खाली गराउने योजना रहेको बताए ।’ऐलानी जग्गालाई अतिक्रमण गर्नु कदापी जयाज होइन्, यसलाई खाली गराउने छौँ, अधिकांश स्थानीय बासिन्दा हाम्रो साथमा छ,’ यादवले भने, ‘ऐलानी जग्गालाई अतिक्रमण गरेको व्यक्तिहरूलाई जग्गा खाली गर्न पटकपटक भनेको छ, फेरि पनि खाली गर्न आग्रह गर्दछौँ।’
कार्यक्रममा वडासदस्यहरू अमोद झा, जग्दीश खंग, रिता देवी साह, कार्यपालिका सदस्य रिता देबी साह, पालिकाका प्रविधिक भोगेन्द्र यादव, स्थानीय विद्यालयका प्रध्यानाध्पाक, स्वास्थ्य चौकी प्रमुख, प्रहरी चौकी तिलाठीका सहायक प्रहरी निरिक्षक, बिओपी तिलाठीका सशस्त्र प्रहरी निरिक्षकको उपस्थिति रहेको थियो ।
त्यस्तै पुर्व वडासदस्यहरू अबधेश देव, रामदेव मंडल, स्थानीय राजनीतिकर्मीहरू कांग्रेसका बेचन मुखिया, माओबादीका दिनेश यादब, जनमतका मोहित चौधरी, स्थानीय भुवनेश्वर यादव, गुडकु मंडल, बच्चा मुखिया, दुखन मुखिया, पनु खंग, बुद्धु मुखिया लगायतको स्थानीय बसिन्दाहरूको कार्यक्रममा सहभागिता रहेको संचालक यादवले बताए ।

प्रकाशित मिति: २०२४-०३-२३ , समय : ०७:५०:३५ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित