भारतको सुपौलमा कोशी नदीमाथि बनिरहेको पुलको हिस्सा खस्दा एक जनाको मृत्यु, ८ जना घाइते
मिति: २०२४-०३-२२ , समय : १२:०५:३२ , गामघर डेस्क
मिति: २०२४-०३-२२ , समय : १२:०५:३२ , गामघर डेस्क
गामघर डेस्क
बिहार । भारतकाे बिहारको सुपौलमा कोशी नदीमाथि बनिरहेको पुलको हिस्सा खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान निर्माणाधीन पुलको एक भाग भत्किँदा अन्य ८ मजदुर घाइते भएका छन् ।
स्थानीयहरूले बताएअनुसार ४ जना अझै बेपत्ता छन् । देशको सबैभन्दा लामो निर्माणाधीन सडक पुलको तीन वटा पिलर बिहान साढे ७ बजे भत्किएका बेला ४० भन्दा बढी कामदार काम गरिरहेको बताइएको छ ।
पुलको ५०, ५१ र ५२ नम्बरको पिल्लरको गार्टर जमीनमा खसेको जनाइएको छ । निर्माणपछि यो पुल भारतको सबैभन्दा ठूलो सडक पुल हुने बताइएको छ ।
सुपौलको बकौरबाट मधुबनीको भेजा घाटबीचको यो पुल १०.२ किलोमिटर लामो रहेको छ ।
यो पुलको लागत ९८४ करोड भारु रहेको बताइएको छ । यो पुल सन् २०२३ को अगस्टमा सम्पन्न भइसक्ने बताइएको थियो । तर म्याद सरेर यो वर्षको अन्त्यसम्म पुर्याइएको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-०३-२२ , समय : १२:०५:३२ , ९ महिना अगाडि