दहेज प्रथालाइ चुनाेति दिदै युवा पत्रकार नवीन यादवले रन्जनासग गरिन विवाह

मिति: २०२३-०३-१० , समय : ०६:२९:३० , शुभ नारायण यादब

तस्बिर : शुभ नारायण यादव

शुभ नारायण यादब

राजविराज । सप्तरीका युवा पत्रकार नविन कुमार यादवले बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम “दाइजो नलिईकन विवाह गरेकाे छ।

सप्तरी जिल्ला कार्य क्षेत्र बनाएर करिब ५ बर्ष देखि विभिन्न मिडिया निस्वार्थ भवनाले कलम चलाउदै अाएका छन् ।

सप्तरी जिल्लाबाट प्रकाशित हुने पब्लिक प्रेस देनिक पत्रिकाका संचालक , रेडियाे सि एफ एमका मैथिली समाचार वाचक, आम नेपाली टेलिभिजनकाे सप्तरी सम्वाददाता र प्रेस चाैतारीका जिल्ला सदस्य नवीन कुमार यादवले जिल्लाकाे कंचनरुप नगरपालिका ,रूपनगर, विष्णु मन्दिरटाेल -९ निवासी रंजना कुमारी यादवसँग मिति २०७९-११-२५ गते बिना दाइजो विवाह गरेका हुन । पछिल्लोपटक हाम्रो समाजमा बढदे गएको बाल विवाह तथा दहेज प्रथालाइ चुनाेति दिदै पत्रकार यादवले बिना दहेजकाे विवाह गरेर समाजका लागि उदाहरणीय कार्यकाे शुभारम्भ गरेको छ । अहिलेकाे अवस्थामा जति पढेलेखेका दुल्हा भेटिन्छ ,त्यति ने बढि अर्थात लाखौं दहेज दिनुपर्ने भएकाले यसलाई अन्त्य गर्नकै लागि अाफुले बिना दहेजकाे विवाह गरेको पत्रकार नविनकाे भनाइ रहेको छ ।
साेहि विवाहकाे अवसरमा वर बधुलाइ हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान सप्तरीले सम्मान समेत गरेका छन । उक्त बेबाहिक कार्यक्रममा सप्तरीका पत्रकारहरु मनाेहर कुमार पाेखरेल , शुभ नारायण यादव , बिन्दु कुमार यादव, पङ्कज लगायतकाहरुकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति: २०२३-०३-१० , समय : ०६:२९:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित