बिराटनगरमा एक जना स्टाफ नर्सको हत्या

मिति: २०२४-०३-१५ , समय : १५:४३:४३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

विराटनगर ।
कोशी प्रदेशको मोरङको बिराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मधेस प्रदेशको सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको हो ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । यता शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-१५ , समय : १५:४३:४३ , 1 year अगाडि