तस्करीमा संगलता भएको प्रमाण देखाउन समाचार लेख्ने पत्रकारलाई यादवको चुनौति

मिति: २०२४-०३-१२ , समय : २१:३६:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता समाजवादी पार्टीका नगर उपाध्यक्ष ओम प्रकास यादवले तस्करीमा संगलन भएको समाचार प्रकाशन गर्नै पत्रकारलाई प्रमाण देखाउन चुनौति दिएका छन् ।
म्ांगलबार पत्रकार सम्मेलनमा यादवले पछिल्लो समय केही संचार माध्यममा मेरो श्रीमति र म आवद्ध जनता समाजवादी पार्टीको नाम समेत मुछेर तस्करीमा संगलन गरेको समाचार प्रति खेद प्रकट गर्दै प्रमाण देखाउन सम्बन्धीत पत्रकारलाई चुनौती दिएका थिए । आफु विशुद राजनैतिक कार्यमा रहेकाले हाल पनि संगठनका लागि सक्रिय रहेकाले आफु विरुध राजनैतिक प्रतिशोधका कारण बदनाम गर्नै उदेश्यले तस्करीमा संगलन रहेको विपक्षीहरुले समाचार लेखाएको यादवको आरोप रहेका थिए ।
तस्करीमा आफ्नो कुनै संगलन नरहेको दावी गर्दै आरोप लगाउने पक्षसंग समेत प्रतिक्रिया नलिई एक पक्षिय ठंगले आफ्नो तस्विर राखि लेखेको कपोकल्पित समाचार निन्दनिय रहेकोले यसबाट आफ्नो मानमर्दन समेत भएको यादबले बताए । पत्रकार सम्मेलनमा यादवले भने तस्करीमा प्रसाशनिकका उच्च तह लगायतलाई रकम वाडेको कपोकल्पित समाचार लेख्ने पत्रकारलाई आवश्यक कार्वाही गरि दिन सबै पक्षसंग अनुरोध गरेका छन् । यसरी मेरो बारेमा भ्रामक, कपोकल्पित समाचार प्रकाशन गर्नै पत्रकार माथी कार्वाहीका लागिसम्बन्धीत निकायमा उजुरी गर्नै यादवले बताए । राजविराज टुडेबाट

प्रकाशित मिति: २०२४-०३-१२ , समय : २१:३६:२६ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्