सप्तरीमा कार्यालय प्रमुख साहको लापरबाहीले पीडामा निर्माण व्यवसायीहरु

मिति: २०२४-०३-११ , समय : २१:४१:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यलय सप्तरीको कार्यलय भवनको निर्माण काम गरे वापतको भुक्तानी कार्यालय प्रमुख डा. शंकर साहकाे सन्कीले भुक्तानी नदिदा निमार्ण व्यावसायी पिडामा परेका छन् ।
राजविराजका राधाकृष्ण निर्माण सेवा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाका निर्देशक बिनोद रजकले गरेको कामको भुक्तानी दिन ६ महिनादेखि कार्यलय प्रमुखले आलटाल गरेका कारण आफु पिडामा परेको बताए । पीपीमाओले २०७९ माघ २२ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यलय सप्तरीको कार्यलय भवनको निर्माको लागि बोलपत्र आह्वान गरेको थियो । ईबिडिङ्ग मार्फत ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपैयाँ दुई पैसामा(भ्याट सहित) राधा कृष्ण निर्माण सेवाले ठेक्का कबुल गरि सम्झौता र कार्यआदेश अनुसार निमार्ण कार्य थालनी गरेको रजकले बताए।
कार्यालय र निर्मांण कम्पनीबिच २०८० बैशाख २६ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा कार्यालयको तर्फबाट तत्कालीन कार्यलय प्रमुख डा.प्रभात झा र निर्माण कम्पनीको तर्फबाट प्रबन्धक कौशल्या कुमारी रजकले हस्ताक्षर गरेकी थिइन् । जसमा पहिलो चरणमा आर्थिक बर्ष २०७९/०८० मा विनियोजित ५० लाख बराबरको काम २०८० असार ३० गतेसम्म समपन्न गर्नुपर्ने थियो । साथै निर्माण कामलाई निरन्तरता दिन बजेट थप भएर आएमा योजनाको अगाडिको काम २०८१ असार १५ गतेसम्म सम्पन्न गर्नु पर्ने सम्झौता रहेको पत्रमा उललेख रहेका छन् ।
सम्झौता अनुसार कम्पनीले योजनाको अगाडिको काम सुरु गरेर असोज २९ गते दोस्रो तल्लाको काम समपन्न गरि असोज ३० गते काम गरेको ६६ लाख २६ हजार ५ सय ४२ रुपैयाँको भुक्तानी माग प्रमुख साहले आलटाल गरिरहेको रजकले बताए । यता हालसम्म भुक्तानी नपाएकोले समयमा काम समपन्न हुन कठिनाई हुने र त्यसबाट हुने क्षतिको जिम्मेवार कार्यलय हुने भन्दै फागुन ११ गते कार्यलयमा पुनः निवेदन दिइन् ।निवेदनमा के कारणले भुक्तानी नदिएको भन्दै जानकारी समेत माग गरेकी थिइन् ।
कार्यलय प्रमुख साहले उक्त काममा अख्तियारको छानबिन भइरहेको, टेन्डर गलत प्रक्रियाबाट भएको लगायतको बिभिन्न आधारहिन कारण देखाएर भुक्तानी नदिइ रहेको कम्पनीका निर्देशक रजकले बताए ।
यता साे बिषयमा बुझ्न कार्यालय प्रमुख साहलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

प्रकाशित मिति: २०२४-०३-११ , समय : २१:४१:१४ , ९ महिना अगाडि