जसपा अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले लिए शपथ : उपप्रधानमन्त्रीको अन्तिम वरियतामा यादव
मिति: २०२४-०३-१० , समय : १४:५३:२० , गामघर डेस्क
मिति: २०२४-०३-१० , समय : १४:५३:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्।
यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।
एमाले-माओवादी-रास्वपा, जसपा र नेकपा एकीकृत समाजावदी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्।
गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपाले मन्त्री पठाएको थिएन। यता आइतबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका उपेन्द्र यादव वरियताको पुछारमा रहेका छन् । यादव मन्त्रिपरिषद्मा पाचौँ वरियतामा छन् ।
पहिलोमा प्रधानमन्त्री रहेका छन् । चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् ।
त्यस्तै २२ सदस्यीय मन्त्रिपरिषदमा जसपाका नवलकिशोर साह सुडी अन्तिम वरियतामा छन् ।
प्रकाशित मिति: २०२४-०३-१० , समय : १४:५३:२० , १० महिना अगाडि