महाशिवरात्रि पर्वकाे अवसरमा विभिन्न शिवालयहरुमा भक्तजनहरुकाे भिड

मिति: २०२४-०३-०८ , समय : १७:१४:४५ , गामघर डेस्क

तस्बिर : देबराम यादव /गामघर टिभि

गामघर डेस्क

राजविराज ।
माशिवरात्रि पर्व सप्तरी लगायत मुलुक भरी विभिन्न शिवालयहरुमा महाशिवरात्रि पर्व मनाइँदै छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी मुलुक भरी विभिन्न शिवालयहरुमा शुक्रवार मनाइँदैछ । सप्तरीका महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिर लगायत देशैभरि बिहानैदेखि शिवालयहरुमा दर्शनार्थी भक्तजनको घुइँचो लागेको छ ।
यस अंकुरी महादेव मन्दिरमा भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्नको लागी स्वयसेवक परिचालनको साथै शान्ति सुरक्षाको व्यवस्था मिलाईएको महादेवा गाउपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले बताउनु भयो ।
यस्तै महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकुत रामलखन यादवका अनुसार यस पल्ट मन्दिर परिसरमा भजन, किर्तन, दिव प्रज्वलन,प्रसाद वितरण,निशुल्क खाने पानी लगायतका धार्मिक कार्यक्रमका साथै दण्ड प्रणामको लागी बाटोमा बालुवा,पानी छडकिएको जानकारी दिनु भयो । सो अवसरमा स्वास्थ्य अधिकृत वृहस्पति राम, वडाध्यक्ष ५ का हरेराम मंडल, ६ नं. वडा सचिव मुनिलाल मंडल, गाउपालिकाका कर्मचारी ललित कुमार मंडल, बिनय कुमार मंडल लगायतको उपस्थिती थियो ।
बिहानैदेखि सप्तरीको शम्भूनाथ, राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर, राजदेवी मन्दिर परिसरमा रहेको शिव मन्दिर, बलुवाको भजनेश्वर महादेव मन्दिर, तिलाठीको नर्मदेश्वरनाथ मन्दिर, बरहि बिरपुरको महादेव मन्दिर ,लालापटिको लालेश्वरनाथ मन्दिर लगायतका महादेव मन्दिरहरुमा भक्तजनहरुको ठुलो भिड लागेको सम्बद्ध मन्दिर समितिले जनाएको छ ।
महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ ।
महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ ।
हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: २०२४-०३-०८ , समय : १७:१४:४५ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्