अग्निपिडित परिवारलाई समाजसेवी इन्जिनियर यादवले बाडे राहत

मिति: २०२३-०३-०९ , समय : १७:०१:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सहयोगी हातहरुको अग्निपीडित परिवारलाई एउटा सहयोग स्वरुप सप्तरीका दानविन एव समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले राहत वितरण गरेकाे छ ।
थर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. -५ पातोका अग्निपीडित टुनी सदाको परिवारलाई सहयोग स्वरुप त्रिपाल, झुल, तन्ना, लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत फाल्गुन १६ गते आगलागि हुदा अनुमानित १ लाख भन्दा‌ बढिको धनसम्पतिको क्षति भएको थियाे ।
साेहि राहत वितरणमा इलाका प्रहरी कार्यालय पातोका प्रहरी बरीष्ट नायब निरीक्षक राजेश कुमार बस्नेत, पत्रकार महेन्द्र सदा, समाजसेवी दीपेन्द्र यादव लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति: २०२३-०३-०९ , समय : १७:०१:३४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित