मिटरब्याज पीडितहरुकाे बार्ता अन्याेल : सिटी बजाउँदै सडकमा मिटरब्याज पीडितहरुकाे अान्दोलन जारी

मिति: २०२४-०२-२९ , समय : १६:२६:११ , गामघर डेस्क

तस्बिर : नयाँ पत्रिका / सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौं आइपुगेका पीडितले बिहीबार सिठ्ठीटी जुलुस निकालेका छन्। भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याजपीडितले सिटी बजाउँदै जुलुस निकालेका हुन्।

आफूहरूको ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्ताको अपिल गरेको भए पनि पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन्। तीनपटकसम्मको वार्ता निष्कर्षविहीन भएको र आफूहरूको मागप्रति सरकारले नजरअन्दाज गरेको पीडितहरूले बताएका छन। यता मिटरब्याजपीडित र सरकारबीच हिजो भएको वार्ता निष्कर्षविहीन भएको छ । अर्को वार्ता कहिले हुन्छ भन्ने पनि टुङ्गो लाग्न सकेको छैन ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई पहिचान गरेको भए पनि समस्या समाधान गर्ने विषयमा गम्भीर हुन नसकेको बताउनु भयो ।

सरकारले समय तोकेर मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेको, तर आफूहरु माग छिटो सम्बोधन हुनुपर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।

मिटरब्याजपीडितहरुले फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् । सरकारले  छलफल गरेर आफूहरुको समस्या समाधान गर्ने छ भन्नेमा सकारात्मक रहेको कुसवाहले बताउनुुभयो ।

प्रकाशित मिति: २०२४-०२-२९ , समय : १६:२६:११ , १० महिना अगाडि