राजेन्द्र महतोको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने प्रयास, प्रहरीेले रोक्न खोज्दा घम्साघम्सी, राजेन्द्र महताे घाइते

मिति: २०२४-०२-२८ , समय : २०:१८:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
लोसपा छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौं प्रशासनले लगाएको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा घम्साघम्सी भएको छ ।

कमलपोखरीबाट मार्चपास गर्दै भद्रकाली आएर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी भएको हो ।

सरकारले जारी गरेको निषेधाज्ञा तत्काल खुल्ला गर्न माग गर्दै प्रदर्शनकारीले नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले हामीलाई हाम्रै भूमिमा निधेष गर्न नपाइँदैन भन्दै विभिन्न ब्यानर र पोस्टर प्रदर्शनसमेत गरेका थिए । यता साे घम्साघम्सी नेता राजेन्द्र महताे घाइते समेत भएको छ ।

प्रकाशित मिति: २०२४-०२-२८ , समय : २०:१८:५९ , 1 year अगाडि