वर्तमान सरकार आम जनताहरुको पक्षमा काम गरीरहेको :गृहमन्त्री नारायणकाजी

मिति: २०२४-०२-२४ , समय : १८:३९:३६ , गामघर डेस्क

तस्बिर : देबराम यादव /गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आम जनताहरुको पक्षमा काम गरी रहेको बताएका छन् । उहाँले शनिबार जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएको बैला सो कुरा बताउनु भयो । उहाँले तुलनात्मक रुपमा सरकार सुशासन, समबृद्घि, विकास,सामाजिक न्यायको पक्षमा अगाडी बढीरहेको बताएका हुन । नेकपा(माओवादी केन्द्र)सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटधाट कार्यक्रममा सो कुरा बताउनुहुदै समाजवादको कार्यभार पुरा गर्न रणनैतिक रुपमा काम गरी रहेको बताउनु भयो । पार्टीमा ब्यक्तिवादी स्वार्थको कारण गुट–उपगुटलाई हालै सम्पन्न विधान सम्मेलनबाट पार्टीलाई एकढिकका,एकतावद्घ भएर अगाडी बढाउन चैत र बैशाखमा दुईवटा अभियान सञ्चालन हुने र विशेष महाधिवेशनबाट पार्टी निमाृण हुने विश्वास ब्यक्त गर्नु भयो । उहाँले मिटरब्याजी पिडितको हितमा फैसला हुने बताउनु हुदै भ्रष्टाचार नियन्त्रण,सुशासनको पक्षमा सरकार काम गरी रहेको बताउनु भयो । उहाँले सिमावारी हुने गतिविधिलाई कडाईका साथ पालना गर्न प्रहरी ,प्रशासनलाई निर्देशन समेत दिनु भएको बताउनु भयो । धरायसी कामको सिमाबाट ल्याउने समानमा झनझटीलो ब्यवार नगर्न सुरक्षा निकायलाई समेत निर्देशन दिनु भयो । उहाँले वर्तमान सरकारले कुनै पक्षपातको नीति नलिएको बताउनु हुदै आम जनताहरुको पक्षमा सरकार रहेको बताउनु भयो । त्यस कारणले निष्पक्षतापूर्वक विना पूर्वाग्रह अगाडी बढेको बताउनु हुदै उहाँले त्यस्तो कोहीँकत्तै भुलचुक भएछ भने त्यसलाई सच्चाएर जाने बताउनु भयो । तर, हामीले कुनै पक्षपातको नीति नलिएको बताउनु भयो ।
उहाँले जिल्लाको खडक नगरपालिकाको कल्याणपुरमा भुमिहिनलाई जग्गाधनी प्रमाण पत्र वितरण समेत गर्नु भयो ।

प्रकाशित मिति: २०२४-०२-२४ , समय : १८:३९:३६ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित