मधेस प्रदेश : सप्तरी सहित यी ८ एसपीको कमाण्डमा मधेसको जिल्लाहरु
मिति: २०२४-०२-२४ , समय : ०७:०९:०१ , गामघर डेस्क
मिति: २०२४-०२-२४ , समय : ०७:०९:०१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
गत १ फागुनमा प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गर्यो । जसमा मधेस प्रदेशको तीन जिल्लाबाहेक सबै जिल्ला प्रमुख परिवर्तन भए ।
मधेस प्रदेशमा आठवटा जिल्लाहरु पर्छन् । पर्सा, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला मधेस प्रदेशभित्र अवस्थित छ । यी जिल्लाहरु प्रहरी मापदण्डअनुसार ‘क’ श्रेणीमा पर्दछ ।
त्यसैले पनि मधेश प्रदेशको जिल्लामा इन्चार्ज भएर जान अधिकांश एसपीहरु मरिहत्ते गर्छन् । अति संवेदनशील मानिने मधेशका आठवटै जिल्लाले छिमेकी मुलुक भारतलाई छोएको छ । जसले गर्दा एसपीहरुको नजर यी जिल्लाहरुमा पर्छ ।
पछिल्लो समयको सरुवा सूचीमा पर्सामा कुमोद ढुंगेल, सर्लाहीमा दयानिधी ज्ञवाली, धनुषामा मित्रबन्धु शर्मा, महोत्तरीमा श्याम कुमार राई र सिरहामा सन्तोष आचार्य परे । उनीहरु संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
त्यस्तै बारामा सुरेश काफ्ले, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ र गजुसिद्धी बज्राचार्य छन् । उनीहरु विगत ५ महिनादेखि ती जिल्लाको कमाण्ड गर्दै आइरहेका छन् । समग्रमा उनीहरुको पाँचमहिने कार्यकाल विवादरहित छ ।
गुजुसिद्धी बज्राचार्य, प्रहरी प्रमुख सप्तरी
प्रहरी संगठनमा कर्म सुनिने नाम हो, गुजुसिद्धी बज्राचार्य । तर, उनले एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीको कमाण्ड गरिरहेका छन् । संगठनमा उनी इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
सन्तोष आचार्य, सिरहा प्रहरी प्रमुख
आचार्यको समेत एसपीमा जिल्ला प्रहरी कार्यालय, सिरहा पहिलो इन्चार्ज हो । संगठनमा अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका आचार्य कसैको त्रास र आसमा नबस्ने अधिकृत हुन् ।
अपराध अनुसन्धानमा दख्खल राख्ने आचार्य प्रहरी संगठन र नेतृत्वको कुरामा सधैं अडिग रहन्छन् । छिट्टै अरुलाई विश्वास गर्ने उनी शालिन र भद्र स्वभावका प्रहरी अधिकृत हुन् ।
कुमोद ढुंगेल, पर्सा प्रहरी प्रमुख
एसपी भएपछि ढुंगेलको पहिलो इन्चार्ज हो, तराईको महत्वपूर्ण मानिने पर्सा जिल्ला । त्यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको सूचना अधिकारी भएर जिम्मेवारी वहन गरेका ढुंगेल संगठनमा खरो अधिकारीको रुपमा चिनिन्छन् ।
‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा समेच चर्चित एसपी ढुंगेलले विशेष गरेर अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेर आफूलाई अब्बल साबित गरेका छन् । अपराध नियन्त्रण र गुण्डाहरुलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् ।
सुरेश काफ्ले, बारा प्रहरी प्रमुख
काफ्लेको एसपीमा बारा जिल्ला दोस्रो इन्चार्ज हो । यसअघि एसपी काफ्ले जिल्ला प्रहरी कार्यालय दाङको सफल कार्यकाल निर्वाह गरेका छन् । अनुसन्धानमा अब्बल काफ्ले आफ्नो कर्तव्यबाट कहिल्यै पनि पछि नहट्ने प्रहरी अधिकृत हुन् ।
प्रहरी संगठनमा राम्रो छवि बनाउन सफल एसपी काफ्लेले विभिन्न महत्वपूर्ण स्थानमा रहेर उल्लेख्य काम गरेका कारण अधिकांश हाकिमहरुको रोजाईमा समेत पर्ने गरेका छन् । एसपी काफ्ले कमाण्ड कन्टोलमा अब्बल मानिन्छन् ।
दयानिधी ज्ञवाली, सर्लाही प्रहरी प्रमुख
एसपी ज्ञवालीको पनि सर्लाही जिल्ला दोस्रो इन्चार्ज हो । यसअघि जिल्ला प्रहरी कार्यालय बागलुङको सफल कार्यकाल पूरा गरी राम्रा कामहरुबाट चर्चामा आएका एसपी ज्ञवाली कमाण्ड कन्टोलमा अब्बल मानिन्छन् ।
अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न अपराधहरुको गहिराईसम्म पुगेर अनुसन्धान गर्ने एसपी ज्ञवालीले समेत प्रहरी संगठनमा राम्रो छवि बनाएका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका ज्ञवाली संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
काम र एक्सनमा बिश्वास गर्ने उनी प्रचार-प्रसार र मिडियामा भने कमै मात्रमा छाउँछन् । जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा आफूले मूलतः तीनवटा बिषयलाई बिशेष प्राथमिकता दिएर काम गर्ने उनी बताउँछन् ।
ती कामहरु हुन्, पहिलो अपराध नियन्त्रण र अनुसन्धान, दोस्रो तस्करी र चोरी निकासीको नियन्त्रण र तेस्रो जनचाहना अनुरुपको प्रहरी सेवा ।
श्याम कुमार राई, महोत्तरी प्रहरी प्रमुख
एसपी भएपछि राईको पहिलो इन्चार्ज हो जिल्ला प्रहरी कार्यालय, महोत्तरी । अपराध अनुसन्धानमा अब्बल र काबिल प्रहरी अधीकृतको छबी बनाएका राई संगठनमा खरो अधिकृतका रुपमा चिनिन्छन् ।
प्रचारप्रसारमा भन्दा बढी काम गर्न रुचाउने एसपी राई प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ । कमाण्डिङ क्षमतामा राई अब्बल मानिन्छन् ।
मित्रबन्धु शर्मा, धनुषा प्रहरी प्रमुख
२३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका एसपी शर्मा प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन् । उनले आफ्नो कार्यकालमा विवादरहित काम गरेका छन् ।
प्रहरी संगठनभित्र गुमनाम जस्तै एसपी शर्मालाई हालका प्रहरी नेतृत्वले धनुषा जस्तो संवेदनशील जिल्लाको कमाण्ड दिएका हुन् । सबैको गुनासो सुन्ने अधिकृतको रुपमा चिनिएका एसपी शर्मा संगठनको हितमा काम गर्ने अधिकृत हुन् ।
महेन्द्र कुमार श्रेष्ठ, प्रहरी प्रमुख रौतहट
एसपी श्रेष्ठ मधेस प्रदेशको सबैधन्दा बढी धेरै आपराधिक गतिविधि हुजे जिल्ला रौतहटको कमाण्डमा छन् । संगठनमा इमान्दार प्रहरी अधिकृतको छवि बनाएका श्रेष्ठ प्रचारप्रसारमा भन्दा बढी काममा ध्यान दिने गर्छन् ।
कर्मचारीको बनोबल उच्च राख्ने एसपी श्रेष्ठ प्रहरीको व्यवहार राम्रो भए कसैले पनि केही गर्न नसक्ने भन्दै काम गर्न प्रेरित गर्ने अधिकृत हुन् । सहभागितामूलक नेतृत्व लिने क्षमताका श्रेष्ठ अपराध अनुसन्धानमा समेत अब्बल छन् ।
सबैको गुनासो सुन्न सक्ने क्षमताका एसपी बज्राचार्य व्यवसायीक प्रहरी अधिकृत हुन् । प्रहरी संगठनका राम्रो छवि बनाउन सफल एसपी बज्राचार्य कसैको आस र त्रासमा बस्न नहुने बताउँछन् । त्यसैले उनको कार्यकालसमेत विवादरहित छ ।
यी आठ एसपीले प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको अडानमा मधेस प्रदेशका जिल्लाहरु कमाण्ड गर्ने अवसर पाएका हुन् । यता, आईजीपी कुँवरले समेत प्रहरी मापदण्डअनुसार सरुवा हुनुपर्ने अडान राख्दै आएका छन् ।
प्रकाशित मिति: २०२४-०२-२४ , समय : ०७:०९:०१ , १० महिना अगाडि