सप्तरीमा निर्माण ब्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पदस्थापना

मिति: २०२४-०२-२२ , समय : २१:१८:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरी निर्माण व्यावसायी संघ राजविराजको नवनिर्वाचित पदाधिकारीहरुको विहिबार एक कार्यक्रमका विच सपथग्रहण र पदस्थापना समारोह सम्पन्न भएका छन् ।
गत माघ १३ गते भएका निर्वाचनमा अध्यक्षत पदमा सतिशचन्द्र मिश्र, प्रथम उपाध्यक्षमा भुपेन्द्र यादब, द्वितीय उपाध्यक्षमा कैलाश प्रसाद देव, महसचिवमा अमृतलाल साह, सचिवमा प्रमोद कुमार मण्डल, कोषाध्यक्षमा दिवाकर कुमार सिँह, तथा सहकोषाध्यक्षमा उमेश प्रसाद यादब निर्वाचित भएका थिए । यसैगरी (ख) वर्ग सदस्यमा जगदिश प्रसाद अर्याल, उदय श्रेष्ठ, (ग) वर्गमा प्रभाकर यादब, मो. अनवर दफाली, र (घ)वर्गमा निलेश कुमार झा, मुकेश यादब, कृष्णचन्द्र यादब, उमाकान्त साह, भुप नारायण यादब, रंजित चौधरी, रामचन्द्र यादब, बिष्णु प्रसाद देव, बिजय कुमार रजक निर्वाचित भएका थिए ।
निर्माण व्यावसायी संघका अध्यक्ष एनेश्वर दासको अध्यक्षता तथा निर्माण व्यावसायी महासंघ केन्द्रिय कार्यालय काठमाडौ.का अध्यक्ष रवि सिंहको प्रमुख आथित्यमा आयोजित सपथग्रहण तथा पदस्थापना कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अथिती सिंहले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सतिस चन्द् मिश्रलाई निर्वाचन संयोजक राम अशिस साहले र अन्य पदाधिकारीलाई अध्यक्ष मिश्रले सपथग्रहण गराएका थिए ।
सपथग्रहण तथा पदस्थापना पश्चात नवनिर्वाचित अध्यक्ष सतिस चन्द्र मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिह, वरिष्ठ उपाध्यक्ष एडी लामा, महासचिव रोशन दाहाल, जिल्ला सवन्मय समितीका सभापति शिव नारायण साह,निर्माण व्यवसायी संघ सप्तरीका पुर्व अध्यक्षहरु जय प्रकास ठाकुर, राम असिश साह, विजय दास,एनेश्वर दास,पत्रकार मनोहर पोखरेल लगायतले शुभकामना मनतव्य दिएका थिए । कार्यक्रमको संचालन निरज झाले गरेका थिए ।
उक्त कार्यक्रममा निर्माण व्यावसायी संघ सप्तरीमा विगत देखि वर्तमान सम्म विभिन्न कार्यमा सहयोग गरे वापत ५ जनालाई महासंघ अध्यक्ष रवि सिंहले दोसल्ला ओढाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुाा निर्माण व्यावसायी कामेश्वर लाल देव, जयप्रकास ठाकुर,कैलास प्रसाद यादव, अरुण प्रधान र नित्यानन्द सिंह रहेका थिए ।

प्रकाशित मिति: २०२४-०२-२२ , समय : २१:१८:३० , ११ महिना अगाडि