मधेस प्रदेश : पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा कर्फ्यु हट्यो

मिति: २०२४-०२-२२ , समय : ०९:५२:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमवारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि गएको शनिवार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो । अवस्था सामान्य बनेपछि हिजोदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-२२ , समय : ०९:५२:०५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित