मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई तेस्राे पटक विश्वासकाे मत
मिति: २०२४-०२-१८ , समय : २२:२६:१७ , गामघर डेस्क
मिति: २०२४-०२-१८ , समय : २२:२६:१७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासकाे मत दिए । ३५ जना सांसदले विपक्षमा मत दिए । बैठकमा एक सय चार जना सांसद उपस्थित थिए ।
गएकाे माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज तेस्राे पटक विश्वासकाे मत लिनुभएकाे हाे । उहाँ गएकाे वर्षकाे पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
प्रकाशित मिति: २०२४-०२-१८ , समय : २२:२६:१७ , ११ महिना अगाडि