मधेस प्रदेश : प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा शुरु

मिति: २०२४-०२-१८ , समय : ०६:४८:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा सञ्चालनमा आएको छ ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले शनिबार क्याथल्याबको उदघाटन गरेका हुन् ।

केही महिनाअघि नै जडान भएको क्याथल्याब शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितका अनुसार अब हृदयघात भएका बिरामीलाई तत्काल उपचार चाहिँदा जनकपुरबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

हृदयघात भएको वा नभएको पत्ता लगाउनुको साथै तत्कालै उपचार गर्न पनि सकिने भएको छ । क्याथ ल्याब सेवा ४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: २०२४-०२-१८ , समय : ०६:४८:०९ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित