सप्तरीको महादेवा गाउँपालिकामा विगतमा नभएको काम आफूहरुले गरेर देखाउने : अध्यक्ष मण्डल
मिति: २०२४-०२-१७ , समय : १३:०६:२३ , गामघर डेस्क
मिति: २०२४-०२-१७ , समय : १३:०६:२३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको ९ औं गाउँ सभा एक कार्यक्रम विच शुक्रवार सम्पन्न भएको छ । सभाको अध्यक्षता गर्नु भएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले सभामा बोल्दै विगतमा नभएको काम आफूहरुले गरेर देखाउने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।
वहाँले गाउँपालिकाको विकास हेर्न हरेक वडामा जान आम नागरिकलाई आग्रह गर्नुभयो । गाउँपालिकाको विकास निर्माणमा केही कमी भए त्यसलाई सच्चाएर जाने र केही कतै छुटेका योजनाहरुलाई अगामी दिनमा क्रकशः समावेस गरिने बताउदै चैत्रदेखि विजुलीको पोल र तार किसानको खेत खेतमा पु¥याने तर्फ आफू लागि परेको जानकारी दिनु भयो ।
त्यसै गरी कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष अर्चाना कुमारी यादवले यस गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताईन । गाउँपालिकालाई एकहोरो रुपमा चलाउन नहुने बताउनु हुदै उहाँले सवैको साथ र सहयोगबाट गाउँपालिकालाई अगाडी बडाउनुपर्नेमा जोड दिनुहुदै विगतमा भएको कमी कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नु पर्नेमा जोड दिईन । आयोजित सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले स्वागत गर्दै गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्ने प्िरतबद्धता व्यक्त गर्नु भएको थियो । वहाँले अहिलेको समयलाई बढी भन्दा बढी काम गरेर देखाउनु पर्नेमा जोड दिनु भयो । वहाँले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह समेत गर्नुभयो ।
गाउँपालिकाको विकासमा सहयोग पु¥यानुभएकोमा सबै वडा अध्यक्ष, गाउँपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यबाद दिनुभएको थियो । आयोजित कार्यक्रममा गाउँपालिकाको वडा नम्वर २ को वडा अध्यक्ष जागेश्वर ईसरले गाउँपालिकामा सडक र विजुलीको बतीको समस्या रहेकाले चाडौ भन्दा चाँडौ समाधान गर्न आग्रह गर्नु भयो ।
सम्पन्न कार्यक्रममा गाउँपालिकाको वडा नम्वर ३ को वडाध्यक्ष राम कुमार यादव,वडन न.ं ४ का वडाध्यक्ष जुगेश्वर साह,वडा नम्वर ५ को वडाध्यक्ष हरेराम मण्डल,वडा नम्वर ६ को वडाध्यक्ष गजेन्द्र मण्डल,वडा न.ं १ का का.वा. वडाध्यक्ष कमल प्रसाद प्रर्सेला ,कार्यपालिका सदस्य अनार देवी राम,जिल्ला समन्वय समिती सप्तरीको सदस्य सत्य नारायण मण्डल,गापा अध्यक्ष मण्डलका निजी सचिवालयका विनय कुमार मण्डल,प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार देवराम यादव,युवा पत्रकार विन्दु कुमार यादव लगायत विभिन्न वडाको कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२४-०२-१७ , समय : १३:०६:२३ , ११ महिना अगाडि