भारतको दिल्लीमा एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको मृत्युु

मिति: २०२४-०२-१६ , समय : १०:४१:१८ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।

हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि आगो निभाइएको खबरमा उल्लेख छ ।

आगो निभाइसकेपछि सात जनाको शव निकालिएको थियो । गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन नसकेको र भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान बचाउन सकेका प्रहरीको भनाइ छ ।

यता आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

प्रकाशित मिति: २०२४-०२-१६ , समय : १०:४१:१८ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित