सप्तरीको राजविराजमा राससको ६३ औ बार्षिकोत्सव मनाइयो
मिति: २०२४-०२-१५ , समय : २१:२९:०२ , गामघर डेस्क
मिति: २०२४-०२-१५ , समय : २१:२९:०२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराजमा राष्ट्रिय समाचार समिति(रासस)को ६३ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समिति(रासस) जिल्ला कार्यालय राजविराजले बिहीवार राससको बार्षिकोत्सवको पुर्व संन्धयामा एक कार्यक्रम समपन्न भएको हाे।
सो कार्यक्रममा मधेस प्रदेसका अर्थ तथा योजना समितिका संयोजक सतिश कुमार सिँहले जिम्मेवार पत्रकारिता र राससको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सक्रियरुपमा पत्रकारिता गर्नेहरुलाई सरकारले न्युतम पारिश्रमिक निरधारण गर्नुपर्ने कुरा बताउनुभयो ।
समयमा पारिश्रमिक नदिएका कारण पनि लामो समयदेखि पत्रकारिता गर्ने ब्यक्तिहरु पत्रकारिता पैशाबाट अन्य पेशातिर पलायन भइरहेकाले यसलाई जोगाउनका लागि सरकारले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारी मिडियाहरुले पनि जागरुक भएर भ्रष्टचार बिरुद्ध निस्पक्ष समाचार दिनुपर्ने बताउनुहुदै देशको अर्थतन्त्र जोगाउनका लागि भ्रष्टचार न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
मधेस प्रदेशमा भइरहेको बिभिन्न घटनाहरु प्रति जिम्मेवार पत्रकारहरुले कलम चलाउनुपर्ने बताउदै पदको दुरुपयोग गरेर काम गर्ने ब्यक्तिहरुको खोजी गरि जनता समक्ष ल्याउनुपर्नेमा उहाँको भनाई थियो ।पत्रकारको पारिश्रमिक तोक्नुपर्छ भन्दै केही युटुवरका कारण पत्रकारिता बदनाम भइरहेका कारण यसलाई पनि रोक्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस)का मधेस प्रदेश प्रमुख टिकाराम सुनारले जनताको करबाट सरकारी मिडिया रासस चलिरहेको बताउनु हुदै समय समयमा खवरदारी र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राससले २४ घण्टा समाचार दिने तैयारी गरिरहेको बताउदै अहिले राससले बिचारसेवा,नेपाली भाषा,अङग्रेजी,ओडियो,भिडियो,फोटो र हाले आवधी भाषा सुरु गरेको जानकारी दिदै अहिले बदलिदो अवस्थााम राससमा मैथिली भाषाको पनि कुरा चलिरहेकोले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, प्रेस स्वतन्त्रता सैनानी एवम बरिष्ठ पत्रकार बैधनाथ झा, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झा, पत्रकार महासंघका सल्लाहकार मनेहर कुमार पोखरेल, राससका पुर्व प्रतिनिधि राजेश कुमार झा, पत्रकार सुधा देव, प्रहरी नायव उपरिक्षक दुण्डीराज न्योपाने, जनता समाजवादी पार्टी(जसपा) नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले निस्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिनुभयो ।
राजविराजस्थित राससका जिल्ला कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राससका जिल्ला समाचारदाता अरुणकुमार यादव,नानिमैया कटवाल,सिरहाको लहान कार्यालयका प्रमुख सुदिप राउत, समाचारदाता लोकेन्द्र प्रसाद यादव लगायत बिभिन्न मिडियामा कार्यरत संचारकर्मी,राजनैतिक दलहरुको उपस्थित रहेको थियो ।
प्रकाशित मिति: २०२४-०२-१५ , समय : २१:२९:०२ , १० महिना अगाडि