सप्तरीको बोदे बर्साईन नगरपालिका स्थित चन्द्रा नमुना मावि विद्यालयमा शालिक तथा शिलालेख अनावरण
मिति: २०२४-०२-१५ , समय : १४:५५:०६ , उमेश कुमार साह
मिति: २०२४-०२-१५ , समय : १४:५५:०६ , उमेश कुमार साह
उमेश कुमार साह
बोदे बर्साईन ।
सप्तरीको बोदे बर्साईन नगरपालिकाको मुटुमा रहेको श्री चन्द्रा नमुना माध्यमिक विद्यालय बोदे बर्साईनको शालिक तथा शिलालेख अनावरण कार्यक्रम सम्पन्न भएको छ।
श्री चन्द्रा नमुना माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष एवं दाता परिवारका सदस्य तथा मधेस प्रदेश अन्तरगत , सप्तरी जिल्ला निर्वाचन क्षेत्र ४(ख) का प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंह यादवको अध्यक्षतामा विद्यालयमा स्थापना गरिएको बिधालयका संस्थापकको शालिक तथा शिलालेख अनावरण कार्यक्रम सम्पन्न भएको हाे । बसन्त पञ्चमीको पावन अवसवरमा बिधालयका संस्थापक स्व.शत्रुध्न प्रसाद सिंह र उनका आमा चन्द्रावती देबि यादवको शालिकको अनावरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेस प्रदेशका अर्थ मन्त्री संजय यादवले भने २०१३ सालमा विद्यालय स्थापना गरेर स्व .शत्रुघ्न प्रसाद सिंह यादवले यस भेगका जनताका लागि ठूलो योगदान गरेको बताउनुभयो । पञ्चायतको धरोहरको रूपमा समेत हुनुभएका स्व.शत्रुध्न प्रसाद सिंह यादवले विद्यालय भवन निर्माणमा करोडौंको जग्गा उपलब्ध गराएको र छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने अभियान सञ्चालन गरी सामाजिक परिवर्तनमा ठूलो योगदान दिएको चर्चा गर्नुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथी बोदे बर्साईन नगरपालिकाका कार्यवाहक नगर प्रमुख रेणु कुमारी साहले यस नगरपालिकाले विद्यालयका बृत्तिविकासमा चासो दिइरहेको बताउनुभयो । नगरपालिकाले सबै विद्यालयलाई समान दृष्टिकोणले व्यवहार गरिरहेको बताउँदै उहाँले विद्यालय सुधारका लागि अभिभावक र शिक्षकको मुख्य भूमिका हुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख साहले विद्यालयको शैक्षिक विकासका लागि विभिन्न व्यक्तित्वहरुले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथि दाता परिवारका सदस्य तथा जसपा नेपालका महिला नेत्री डा .बबी कुमारी सिंह यादव लगायत अन्य अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
सहयोगी दाताहरुको नाम शिलालेखमा लेखिएको र बिधालय व्यवस्थापन समितिको पनि नामावली शिलालेखमा राखिएको प्रअ गौरीशंकर चौधरीले बताउनुभयो । उहाँले यो अभियान अझै जारी रहेको बताउँदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साेहि कार्यक्रममा सहयोगी दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले स्वागत गर्नुभएको थियो भने यस बिधालयका मा. बि .शिक्षक जीतेन्द्र प्रसाद गुप्ताले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २०२४-०२-१५ , समय : १४:५५:०६ , 1 year अगाडि