मधेस प्रदेश : जबर्जस्तीकरणी मुद्दाका फरार आरोपी दास पक्राउ

मिति: २०२४-०२-१० , समय : १०:५७:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

लहान ।
मधेस प्रदेशको सिरहाको गोलबजारबाट प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ। करिब दुई महिनाअगाडिको जबर्जस्ती करणी घटनाका फरार आरोपी गोलबजार नगरपालिका ४ का करिब २१ वर्षीय रोहित दासलाई पक्राउ गरिएको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार दासलाई प्रहरीले खोजतलासको क्रममा गोलबजार नगरपालिका ४ स्थित शिव मन्दिर नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी बिहीबार सिरहा जिल्ला अदालत पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ ।

सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार (‘‘छ१) को जाहेरीको आधारमा प्रतिवादी दास पक्राउ परेका हुन् । गत २८ मंसिरको साँझ करिब ६ बजेतिर जबरजस्ती करणी गरी फरार रहेका उनलाई पक्राउ गरी गोलबजार प्रहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-१० , समय : १०:५७:४२ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित