मधेस प्रदेश : लुटेरा समुहले १३ वर्षीया बालिकालाई गरे सामुहिक बलात्कार, चार जना पक्राउ

मिति: २०२४-०२-०९ , समय : १५:५७:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीको सम्सीमा लुटेरा समुहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

महोत्तरीको सम्सी गाउँपालिका वडा न.२ स्थित पर्सा टोलमा मामा घर बस्दै आएकी ती बालिकालाई चार जनाको समुहमा रहेका लुटेरा समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार गत माघ २२ गते राति २ बजे आमा र हजुरआमालाई घरमा थुनेर लुटेराले बालिकालाई घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेका थिए ।

यता घटनामा संलग्न रहेको आशंकामा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार घटनबारे थप अनुसन्धान भइरहेको छ । लुटेरा समुहले स्थानीय सुरेन्द्र चौधरीको घरमा समेत लुटपाट गरेका थिए ।

प्रकाशित मिति: २०२४-०२-०९ , समय : १५:५७:३१ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित