४ बुदै सहमति पश्चात् मघेस कृषि विश्वविद्यालयमा झण्डै १८ दिनदेखि लागेको ताला खुल्यो

मिति: २०२४-०२-०८ , समय : १५:३२:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा लगाइएको ताला आज बिहीबार १८ दिनपछि सर्बदलिय बैठकबाट ४बुदै सहमतिमा ताला खोलिएको छ ।


आज बिहीबार जिल्ला समन्वय समिति राजविराजमा सर्वपक्षिय बसेको बैठकबाट तालाबन्दी खोल्ने ४ बुदै सहमति पश्चात जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले विश्वविद्यालयको ताला खोलेका छन ।
नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीको ७ बुँदे मागका विषयमा एक महिनाभित्र सर्वपक्षिय रुपमा अध्ययन गरेर अगाडी बढ्ने , अगामी दिनमा सबै दल र प्रशासनसंग समन्वय र सहकार्य गर्ने ,विश्वविद्यालय भवनको शिलान्यासका क्रमम भएको दुखद घटना आगामी दिनमा नदोहरिने प्रतिबद्धता लगायतको विषयमा सहमति भएपछि तालाबन्दी खोलिएको जानकारी दिनु भयो ।
सो सर्वपक्षिय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाली काँग्रेसका सभापति रामदेव साह, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, नेकपा एमालेका सचिव देवनाथ यादव, नेकपा एकीकृतका अध्यक्ष प्रताप नारायण चौधरी, जसपा अध्यक्ष केदार यादव, लोसपाका अध्यक्ष सुनिल कुमार झा, जनमतका जिल्ला इन्चार्ज रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अरुण कुमार देव, राप्रपाका सहसचिव सुरेश कुमार साह, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-०८ , समय : १५:३२:५६ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित