मधेस प्रदेश : सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु
मिति: २०२४-०२-०७ , समय : १७:२२:२७ , गामघर डेस्क
मिति: २०२४-०२-०७ , समय : १७:२२:२७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशमा भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बाराको सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट दुर्घटना भएको छ ।
आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका(८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार गर्नु अघि नै बालिकाको मृत्यु भइसकेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।
स्थानीय बासिन्दाको समुहले बसमा समान्य तोडफोड गर्दै दसगजामा केहीबेर घटनाविरुद्ध नाराबाजी गरेको नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।
यता मृतक बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक ४० बर्षीय मुरारी चौधरी र बसलाई नियन्त्रणमा लिई घटनाबारे थप अनसुन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०२-०७ , समय : १७:२२:२७ , 1 year अगाडि