सप्तरीकाे कञ्चनपुरमा वनकै कर्मचारीहरुद्वारा काठ तस्करी गरिरहेको खुलासा
मिति: २०२४-०२-०७ , समय : १४:२१:४७ , गामघर डेस्क
मिति: २०२४-०२-०७ , समय : १४:२१:४७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको सव डिविजन वन कार्यालय कञ्चनपुरका कर्मचारीहरु आफै तस्करीमा संलग्न रहेको स्थानियको आरोप छन । पौडा खोला वारधारे क्षेत्रबाट आठ जना सालको चिरान ८ थान गत माघ १९ गते राती २ वजेको समयमा एक जना कञ्चनरुप नगरपालिका ६ का ४६ वर्षिय भागे सरदारलाई पक्राउ परेका छन भने ७ जना भाग्न सफल भएको स्थानिय बताउनु भयो । सोही राती ३ थान काठ सितापुरमा हात्तीलेठ सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीसंगको मिलोमतोमा बन गस्ती टोलीले ३ वटा काठ बाटैमा विक्री गरेको स्थानीयको दावी छ । सव डिविजन वन कार्यालय कञ्चनपुरमा ल्याएको ५ थान काठ माघ २२ जते राती वन कर्मचारीको मिलोमतोमा बन गस्ती टोलीले बेचेर चोरी भएको हल्ला भिजाएको स्थानियको आरोप छन । सव वन डिभिजन कार्यालय कञ्चनपुर ,सप्तरीको हिरासतमा रहेको सरदारले घरको ढोका बनाउनको लागि पहिलो पल्ट आफू जङ्गल गएको दावी गर्नु भयो । उहाँका अनुसार काठ फालेर फरार रहेका व्यक्तिहरु कञ्चनरुप – ६ कै बासिन्दाहरु हुन् ।
निकुरी टिकुरी सामुदायीक वन उपभोक्ता समितिका पुर्व अध्यक्ष देव नारायण श्रेष्ठका अनुसार वनकै कर्मचारी काठ तस्करीमा लागेको आरोप लगाउनु भयो । उहाँले पौडा खोला वारधारे क्षेत्रबाट ८ थान सालको चिरान काठ गत माघ १९ गते राती २ वजेको समयमा एक जना कञ्चनरुप नगरपालिका ६ का भागे सरदार सहित पक्राउ परेका मध्ये ७ जना भागे बताउनु भयो । त्यस्तै सोही राती ३ थान काठ सितापुरमा बेचेको अध्यक्ष श्रेष्ठले बताउनु हुदै सव डिविजन वन कार्यालय कञ्चनपुरमा ल्याएको ५ थान काठ माघ २२ गते राती वन कर्मचारीहरु रेन्जर सन्तोष कुमार यादव,फोरेष्टर रामशरण महतो र जम्दार डम्बर बहादुर खत्रीको मिलेमतोमा बेचेर चोरी भएको हल्ला भिजाएको आरोप लगाउनु भयो ।
यसै विच पौडा देउराली सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर राईले वन कार्यालयका कर्मचारीहरु आफै तस्करीमा संलग्न रहेको कारण यति बैला वन मासिदै गएको आरोप लगाउनु भयो । उहाँले ईमान्दारीता पुर्वक वन कर्मचारी वन क्षेत्रमा काम गरेको भए ‘हरियो वन नेपालको धन ’ नाराले सार्थकता पाउने थिए बताउनु भयो । सव डिविजन वन कार्यालय कञ्चनपुरका रेन्जर सन्तोष कुमार यादवका अनुसार आफु माथी लगाएको आरोप निराधार रहेको बताउनु हुदै सो राती ५ थान काठ मात्र परामद गरेको बताउनु भयो । केही ब्यक्तिले आफनो बदनामी गर्न यस्तो आरोप लगाएको बताउनु भयो । उहाँले बनरा जङ्गलबाट एक व्यक्ति सहित सालको ५ थान काठ पक्राउ गरेको बताउनुभयो । रेन्जर यादवका अनुसार कार्यालयबाट खटिएका गस्ती टोलीले कञ्चनरुप नगरपालिका वडा न.६ का ४६ वर्षीय भागे सरदारलाई काठ सहित पक्राउ गरिएको बताउनु हुदै पक्राउ परेका सरदारमाथी १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको बताउनुभयो । काठ तस्करीमा संलग्न रहेका बाँकी ४ जनाको खोजतलास भैरहेको उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सोही कार्यालयका जम्दार डम्बर बहादुर खत्रीले पक्राउ परेको काठ बेचेका तथा चोरी नभएको बताउनु भयो । डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साहका अनुसार यस बारैमा अनुसन्धान भईरहेकोले वन कर्मचारीले यदि काठ बेचेको पाइएमा कानुन अनुसार कार्यवाही तथा जरीवाना असुल उपर गरीने बताउनुभयो । उहाँले पक्राउ परेका सरदारलाई वन ऐन २०७६ ले निर्दिष्ट गरेको व्यवस्था बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०२-०७ , समय : १४:२१:४७ , ११ महिना अगाडि