अति भयो सरकार : सिंहदरबारबाट पुनः आरती साहको भाइ र आमा पक्राउ
मिति: २०२४-०२-०५ , समय : १८:१३:०७ , गामघर डेस्क
मिति: २०२४-०२-०५ , समय : १८:१३:०७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको धनुषाकि आरती साहकाे हत्या भएको र न्याय पाउने आश नदेखेपछि झन्डै छ महिनादेखि माइती पक्ष आन्दोलनरत छन् । यसै क्रममा सोमबार दिउँसो सिंहदरबार छिर्न खोजेका निर्मलादेवी र प्रेमलाई प्रहरीले गेटबाट नियन्त्रणमा लिएको छ ।
दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको भन्दै माइती पक्षकाहरूले दोषीलाई कारबाहीको माग राखेर बिगत लामो समय देखी आरती साहको न्यायको लागी लड्दै आएका थिए ।
सोमबार दिउसो गृहमन्त्रीलाई भेटन सिंहदरबार छिर्न पास पनि थियो । तर प्रहरीले भने भित्र जान नदिएपछि गेटको अगाडीनै नाराबाजी गरेका थिए ।
प्रहरीले भने मन्त्रालयमा समन्वय गर्नुपर्ने हुनाले केहीबेर कुर्न भनेपछि विरोध गर्न थाले लगतै अहिले दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ ।
प्रकाशित मिति: २०२४-०२-०५ , समय : १८:१३:०७ , ११ महिना अगाडि