सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालका एनआईसियु र एचडियु सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु मार्कामा , अस्पताल प्रशासन मैान
मिति: २०२४-०२-०५ , समय : ०७:१४:०२ , नवीन यादव
मिति: २०२४-०२-०५ , समय : ०७:१४:०२ , नवीन यादव
नवीन यादव
राजविराज । सप्तरी जिल्लाको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका केही महत्त्वपूर्ण सेवाहरु बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीहरु मारमा पर्दै अाएका छ्न।
यस अस्पतालको एनआईसियु सेवा र एचडियु सेवा गत माघ१८ गते देखि बन्द भएपछि यहाँ आउने सेवाग्राहीहरु अन्यत्र जानुपर्ने बाध्यता भएपछि मारमा पर्दै गएको एक सेवाग्राही सप्तरीको महादेवा गाउँपालिका निवासी ओम नारायण यादव जानकारी दिएको छ।
उनका अनुसार उक्त अस्पतालको दिन प्रतिदिनको रबैया यथास्थितिमा रहने भएपछि सेवाग्राहीहरु चर्को खर्चमा अन्यत्रबाट सेवा लिन बाध्य भएको हो। सरकारी अस्पतालमा आउने सेवाग्राहीहरु प्रायः आर्थिक अवस्था कमजोर भएका दलित,गरिब र आर्थिक रुपले पछाडी पारिएकाहरु हुने हुँदा अस्पतालले सेवा बन्द गरेपछि उनीहरु मारमा परेका हुन।
स्थानीय मोहन कुमार यादवका अनुसार हुने खानेहरुले निजि अस्पतालबाट समेत चर्को मुल्यमा सेवा लिने गरेको भएतापनि आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सरकारी अस्पताल नै अन्तिम विकल्प रहेको बताए ।
उनका अनुसार यहाँको सेवा सधैं अस्तव्यस्त रहने गरेकाले सेवाग्राहीहरु यी समस्याबाट प्रभावित हुँदै गएको छ।यहाँ कहिले एक्सरे सेवा अवरुद्ध हुने त कहिले भिडियो एक्सरे सेवा अवरुद्ध हुने गरेको छ। त्यस्तै सिटि एक्सरे,स्वास्थ प्रयोगशाला जस्ता सेवाहरु बेलाबेलामा अवरुद्ध भइरहेको यस अस्पतालका लागी सामान्य नै भईसकेको अवस्था देखिन्छ ।
यता साे सम्बन्धमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अबधेश कुमार मिश्रका अनुसार एनआइसियु र एचडियु बिभागमा विरामीकाे सङ्ख्या नियुक्तम रहेकाे कारणले माेका छाेपि सरसफाइ गर्न लगाएको बताउदै उनले काेराेना काल देखी ने एनआइसियु र एचडियु बिभागमा सरसफाइ भएको थिएन , उता एक्सरे विभागमा कर्मचारीकाे अभावले हामी २४ घन्टा सेवा दिनबाट वन्चित भएकाे स्विकार्दै पहलकाे लागि आगाडी बढेकाे बताए ।
प्रकाशित मिति: २०२४-०२-०५ , समय : ०७:१४:०२ , ११ महिना अगाडि