मधेस प्रदेश : सिराहा र धनुषा जोड्ने कमला नदीमा नवनिर्मित नेपालकै सबैभन्दा लामो झोलुंगे पुल संचालनमा
मिति: २०२४-०२-०४ , समय : २१:२५:५५ , गामघर डेस्क
मिति: २०२४-०२-०४ , समय : २१:२५:५५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
नेपालकै लामो मानिएको धनुषा र सिराहा जोड्ने कमला नदीमा नवनिर्मित झोलुंगे पुल संचालनमा आएको छ । निर्माण सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावतका लागि पुल खुला गरिएको हो ।
सिराहा नगरपालिका वडा न. १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कमला नदीको झोलुंगे पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर र एक दशमलव दुई मिटर चौडाइ रहेको छ । यो नेपालकै सबैभन्दा लामो पुल हो ।
उक्त झोलुंगे पुलको अन्तिम प्राविधिक जाँचपछि सर्वसाधारणका लागि खुला गरिएको पुल निर्माणमा संलग्न सहायक सुपरभाइजरसमेत रहेका इन्जिनियर अनिल मण्डलले जानकारी दिए ।
पुलको औपचारिक उदघाटन नभएपनि कमला नदीबाट आवजत जावत गर्न सर्वसाधारण वर्षौदेखि सास्ती भोग्दै आएकाले निर्माण सकिएपछि खुला गरिएको हो ।
संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरी १ असोज ०७९ देखि थालेको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो ।
उक्त पुल निर्माणको ठेक्का सम्झौता ०८१ असार मसान्तसम्म रहेको जनाइएको छ । पुल खुला गरिएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिराहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको सिराहा नगरपालिका १३ पटेर्वाका २६ वर्षीय दिलीप यादवले बताए । टुडेपाटीबाट
प्रकाशित मिति: २०२४-०२-०४ , समय : २१:२५:५५ , ११ महिना अगाडि