सप्तरीकाे बलान विहुल गाउँपालिकामा डिपिआरको नाममा व्यापक अनियमितता भएको खुलासा

मिति: २०२४-०२-०४ , समय : ०९:३३:५७ , रामशंकर भण्डारी ⁄ रासिन्द्र यादव

तस्बिर : सामाजिक सन्जालबाट

रामशंकर भण्डारी ⁄ रासिन्द्र यादव

बलान बिहुल । सप्तरीको बलान बिहुल गाउँपालिकामा मधेश प्रदेशबाट आर्थिक वर्ष २०७८⁄०७९ मा प्राप्त बजेटमा कैहिकतै डि.पि.आरको योजना थिएन ।
तर गाउँपालिकाले प्रत्येक योजनाबाट रु. ५⁄५ लाख रकम डिपिआरमा निकाशा गरि अनियमितता गरेको हो । श्रोतका अनुसार ग्रामीण सडकको विकासमा लाखौं रकम गाउँपालिकाले खर्च गरिरहे पनि डिपिआरमा रकम छुट्टयाउने गरेको थिएन ।
तर सो योजनाबाट कमिशन हत्याउनका लागि डिपिआर को नाटक मंचन भएको हो ।
गाउँपलिकामा डिपिआर अनुसार परियोजनाको कुनै काम भएको छैन ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८७ मा सार्वजनिक निकायले आर्केटेक्चर वा शहरी योजना जस्ता विषयमा डिजाईनको लागि प्रतिस्पर्धा गाराई विस्तृत सर्वेक्षण गर्न सकिने व्यवस्था छ ।
तर गाउँपालिकाकै जन शक्तिले समान्य सर्वेक्षण गरि लागत इष्टिमेट तैयार गर्न सकिने योजना भएपनि गाउँपालिकाले विज्ञ ईन्जिनियर कन्सलटेनशीलाई ४ वटा योजनाको डिपिआर तैयार गरे वापत रु. १९ लाख २६ हजार ६ सय ५० रुपैयाँ भुक्तानी गरेको छ ।

बलान बिहुल गाउँपालिकाले मधेश प्रदेश अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७८⁄०७९ मा प्राप्त बजेटमा वडा नम्बर-१ को दुर्गा तारा स्कुल देखि राम टोलको सिमा सम्म रु. २५ लाख, वडा नम्बर-३ मौवहा रामचन्द्र यादव घर अगाडि कल्भर्ट देखि पश्चिम मंडल टोल सम्म रु. २५ लाख, र पथरहा टोल देखि पश्चिम दुधैला गाउँ सम्म माटो ग्राइभेल रु. २५ लाख साथै वडा नम्बर- ५ रामनगरमा मुल सडक देखि पश्चिम महेन्द्र यादव घर सम्म रु २५ लाख प्रदेश स्तरिय बजेटबाट डिपिआर नाममा लुट मच्चाएको छ ।

बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले भने ,म निर्वाचित हुनु भन्दा पहिलाकै बजेट भएकाले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नसिम राईनले कुन प्रकृयाबाट काम गरेकहो , उहाँलाई सोधनुस । बजेट निकासा तँपाईको कार्यकालमा भएको हो प्रश्नमा निकासा कर्मचारीले दिने हो भन्दैँ पन्छिए ।

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नसिम राईनले गाउँसभाको निणर्य अनुसार हामी प्रकृया अगाडी बढाई रकम निकासा दिएको उनले बताए ।

बलान विहुल गाउँपालिका वडा नम्बर- १ का वडा अध्यक्ष राम कुमार यादवले भने, हाम्रो सहमति विपरित डिपिआरमा खर्च गरेको छ । त्यसो गर्न मिल्दैन उनले भने । कार्यापालिकाबाट कुनै निणर्य भएको छैन वडा अध्यक्ष यादवले बताए ।

यस्तै वडा नम्बर- ५ का वडा अध्यक्ष विन्देश्वर यादवले भने, जुन योजनका लागि रकम आएको हो, त्यो परियोजनामा सम्पुर्ण रकम लगानी हुनुपर्ने तर कार्यापालिकाबाट कुनै निणर्यनै नगराई डिपिआरको नाममा रकम दुरुपयोग भएको बताए ।

बलान बिहुल- ३ का वडा अध्यक्ष राजकिशोर यादवले आएको रकमको कार्य राम्रो तरिकाले भएको बताए । तर डिपिआर भएको हो कि होईन हामीलाई थाहा नभएन बताए ।

उक्त कार्यहरुको खुल्ला दरभाउपत्र मांग गर्दा एउटै विडर छनौट भएको छ ।
विज्ञ ईन्जिनियर कन्सलटेनशीलाई चारवटै बाटोको कार्य वापतको विस्तृत सर्वेक्षणको रकम भुक्तानी गरिएकोमा उक्त कार्यहरुको विस्तृत सर्वेक्षण प्रतिवेदन आवश्यक हो⁄होईन भने बारेमा बलान विहुल गाउँपालिकाले ध्यान नदिएको महालेखा प्रतिवेदन २०७९ मा उल्लेख गरेको छ ।
डिपिआर प्रतिवेदन मांग गर्दा पेश नभएकोले डिपिआर तयारनै गरेको भन्ने आधार नभएको महालेखा प्रतिवेदन देखिएको छ । तयार गरिएको भनिएको डिपिआर को उपयोग हुनुपर्दछ ।
साथै गाउँपालिकाकै जन शक्तिले समान्य सर्वेक्षण गरि लागत इष्टिमेट तयार गरि गर्न सकिने कार्यमा समेत डिपिआर गराई वाह्य निकायलाई ठुलो रकम भुक्तानी दिनु मनासिव देख्दैन प्रतिवेदनमा उल्लेख छ ।
भुक्तानी भएको डिपिआरको दाखिला प्रतिवेदन र डिपिआर प्रतिवेदन पेश हुनु पर्ने एवंम लगायत अनुमान वेगर नै भुक्तानी दिइएको हो ।
गौश्वरा भौचर नं. १३ २०७९ असार ७ भुक्तानी भएको सम्पूर्ण रकम अनियमित भएको देखिएको छ ।

सडक निर्माण डिपिआरको नाममा चलखेल भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मिति २०८० जेठ १२ गते पत्र लेख्दै योजना सम्बन्धि सम्पूर्ण कागजात मांग गरि अख्तियारले अनुसन्धान गरि रहेको छ । माई सञ्‍चारबाट

प्रकाशित मिति: २०२४-०२-०४ , समय : ०९:३३:५७ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित