सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग राेक्न सप्तरीमा माननीयदेखि वडाध्यक्ष सम्म सडकमा

मिति: २०२४-०२-०३ , समय : १५:२४:२८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग भएको भन्दै कानूनको पालना गराउन माननीयदेखि वडाध्यक्षसम्म सडकमा उत्रेको छ ।
नरबहादुर स्मृति प्रतिष्ठान शाखा सप्तरीलले सप्तरीमा सरकारी गाडीको दुरुपयोग भई रहेको भन्दै पूर्व पश्चिम राजमार्गको कल्याणपुरमा सरकारी नम्बर प्लेटको गाडि रोकी चेक गरी बिना पासको गाडीलाई नेपालको कानून अनुसार सकभर नचलाउन आग्रह गरेको छ ।
सरकारी विदाको दिन सरकारी सम्पतिको दुरुपयोग भै रहेको भन्दै नरबहादुर स्मृति प्रतिष्ठान शाखा सचिव समेत रहनु भएको प्रदेश सभा सदस्य माननीय मालाकुमारी कर्ण, खडक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कमालउद्दिन मियाँ, वडा सदस्यहरु तुलाचौधरी, काजलपासमान, संस्थाका सदस्ययुवा नेता देवनारायण प्रमाणी, सदस्यनिभाकुमारी चौधरी, कृतिककुमार कर्ण (रौनक) लगायतका सहभागिता रहेको थियो । विरोध स्वरुप तिन घण्टा सम्मआजलाई रोकको र पछि सप्तरीको विकास र समृद्धिको लागिअझै अर्को कार्यक्रमहरु संचालनगर्ने सांसद कर्णले सञ्चारकर्मीलाई वताउनुभयो ।
नियमविपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेपछि नेपालको संविधान कार्यान्वयन, कानूनको पालना र सुशासन कायम गर्नको निम्ती प्रतिष्ठानले नेपाल सरकारको विदाको दिन सरकारी गाडीलाई रोकी सरकारी काम बाहेक नचलाउन आग्रह गरेको प्रतिष्ठानका सप्तरी अध्यक्ष ध्रुबकुमार मण्डलले जानकारी दिनुभयो ।
सरकारी सम्पति सरकारी कामको लागि मात्र उपयोग हुनुपर्ने हो,यसले नियमको धज्जीमात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, सामानकिनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइएपछि गत माघ ४ गते सप्तरीको प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत ज्ञापनपत्र बुझाएको, कानूनको कार्यान्वयन गर्नु गराउनु हाम्रो पनि दायित्व रहेकोले यस्तो कदम चालेको अध्यक्ष मण्डलले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०२-०३ , समय : १५:२४:२८ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित