कोशी प्रदेश : छोराको कुटपिटबाट ७० वर्षीय बाबुको मृत्यु
मिति: २०२४-०२-०१ , समय : १३:२०:५३ , गामघर डेस्क
मिति: २०२४-०२-०१ , समय : १३:२०:५३ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । सुनसरीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको इनरुवा नगरपालिका वडा न.८ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको हो ।
इनरुवा ८ गणेशपुर टोलका २१ वर्षीय चिबु सदाले घरायसी विवादको क्रममा बाबु ७० वर्षीय चिलिया रिसीदेव सदालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका चिलियाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
सदालाई सोमबार बराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०२-०१ , समय : १३:२०:५३ , ११ महिना अगाडि