मधेस प्रदेश : एक युवतीको घरमै शव फेला, घाँटीमा डाम
मिति: २०२४-०२-०१ , समय : १२:१८:३० , गामघर डेस्क
मिति: २०२४-०२-०१ , समय : १२:१८:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशकाे सर्लाहीको बलरामा एक युवतीको घरमै शव फेला परेको छ । बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी मंगलबार राति घरमै मृत फेला परेको सर्लाहीका एसपी प्रविन धितालले जानकारी दिए ।
घटना पश्चात उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएका छन् । एसपी धितालका अनुसार मृतक पूजा देवीको घाँटीमा डाम देखिएको छ । घाँटीमा डाम र पति ससुरा फरार रहेकाले घटना शंकास्पद रहेको एसपी धितालको भनाइ छ ।
यता घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटना हुनुअघि घरमा विवाद भएको जानकारी पाएको छ ।
यसेबिच साे घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०२-०१ , समय : १२:१८:३० , 1 year अगाडि