मधेस प्रदेश : पोलको रडमा छेडिएर एक बालककाे मृत्युु
मिति: २०२४-०१-३१ , समय : १८:१३:२१ , गामघर डेस्क
मिति: २०२४-०१-३१ , समय : १८:१३:२१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको बारामा पोलको रडमा छेडिएर एक बालकको मृत्युु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको रडमा छेडिएर मृत्यु भएको हो ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा विद्युतिकरणले राखेको पोलको रडमा छेडिएर बालकको घटनास्थलमै मृत्यु भएको हो ।
घरबाट बिहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको रहेको छड छेडिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
प्रहरीका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी क्षेत्रीले बताए ।
प्रकाशित मिति: २०२४-०१-३१ , समय : १८:१३:२१ , 1 year अगाडि