सप्तरीको अधिकाश सिमावर्ती नाकामा प्रहरी प्रशासनकै मिलोमतोमा मदिरा तस्करी…
मिति: २०२४-०१-२८ , समय : १९:२९:२८ , शुभ नारायण यादब
मिति: २०२४-०१-२८ , समय : १९:२९:२८ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । पछिल्लो पटक सप्तरीको विभिन्न सिमावर्ती नाँकाहरुमा अवैध मदिरा तस्करी निकै फष्टाएका छन ।
सिमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुकै मिलोमतोमा जिल्लाको विभिन्न
सिमावर्ती नाँकाहरुमा अवैध मदिरा नेपालबाट भारततर्फ तस्करी हुने गरेका हुन ।
यसैक्रममा नेपालबाट अवैध रुपमा भारततर्फ चोरी तस्करी भईरहेको अवस्थामा सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट छिन्नमस्ता गोविन्द्रपुरको टोलीले ६ कार्टुन अवैध मदिरा बरामद गरेका छन । नेपालबाट अवैध रुपमा चोरी तस्करी गरी भारततर्फ लैजादै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरीले गोप्य सुचनाको आधारमा बरामद गर्न सफल भएको हो ।
यस्तै पछिल्लो केही समय यता छिन्नमस्ता नाँका भएर सशस्त्र तथा जनपद प्रहरीकै मिलोमतोमा अवैध मदिरा खुल्लेआम रुपमा तस्करी भईरहेका छन । सिमामा खटिएका सुरक्षाकर्मीहरुकै संलग्नतामा अवैध मदिरा नेपालबाट भारततर्फ तस्करी भईरहेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार सिमामा खटिएका सुरक्षाकर्मीहरुकै मिलोमतोमा अवैध मदिरा तथा मदिराजन्य पदार्थहरु भारततर्फ तस्करी भईरहेका छन , तर सिमामा खटिएका नेपाल प्रहरी तथा जनपद प्रहरी कानमा तेल हालेर सुतेका छन । सिमामा खिटएका सुरक्षाकर्मीहरुलाई मदिरा तस्करहरुले महिनावारी रुपमा मोटो रकम दिने गरेको श्रोतले जनाएको छ ।
खासगरी दिनभरी छिन्नमस्ताको सखडाबाट मदिरा तस्करी गरी सिमावर्ती नाँका गोविन्द्रपुर टोलमा राख्ने गरेको तथा रात्तिको समयमा नेपालबाट भारततर्फ मदिरा तस्करी भईरहेको स्थानीयबासीहरुको भनाई छ ।
नेपालमा ५० रुपैयाँ पर्ने एक बोतल मदिरा भारतमा गएर १५० देखि ३०० रुपैयाँ सम्ममा खुल्लेअाम विक्री वितरण हुने गरेको श्रोतले जनाएको छ । जसका कारणले अहिले सप्तरीको छिन्नमस्ता सहित बनैनियाँ ,पातो ,तिलाठी, बेल्ही ,रामनगर , हनुमाननगरको गोबरगाढा पलार लगायतका सिमावर्ती नाँकाहरुमा अवैध मदिरा तस्करी खुल्लेअाम रुपमा भईरहेका छन । नाेट: सप्तरीकाे विभिन्न सिमावर्ति नाकाहरुमा भइरहेको तस्करी फाेटाे र भिडियो सुरक्षित छ ।
प्रकाशित मिति: २०२४-०१-२८ , समय : १९:२९:२८ , १२ महिना अगाडि