सप्तरीको रूपनगर क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी सीपमूलक तालिम

मिति: २०२४-०१-२८ , समय : ०९:३१:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी सीपमूलक तालिम शुरु भएको छ । सिक्वेल फाउण्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा तालिम चार महिनासम्म सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिनुभयो ।

सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न सीप सिकाएर ‘गरी खान’ सक्ने बनाउने उद्देश्यले यस्तो तालिम शुरू गरिएको आयोजक संस्था सिक्वेल फाउण्डेसनले जनाएको छ । तालिम अन्तर्गत डिजिटल साक्षरता, वित्तीय साक्षरता, सञ्चार सीप र यौन तथा प्रजनन स्वास्थ्य विषयमा जानकारी गराइने गजुरेलले बताउनुुभयो ।

रूपनगर क्याम्पसले विद्यार्थीहरुलाई व्यवहारिक जीवनमा अत्यावश्यक विभिन्न सीप सिकाउने अभियान सञ्चालन गर्दै आएको छ । विगत तीन महिनामा साइबर सुरक्षा, बैंकिङ, शेयर कारोबार लगायतका विषयमा अभिमुखीकरण कार्यक्रम भैसकेको र छिटै प्रविधि सम्बन्धी विषयमा पनि कार्यक्रम गरिने क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-२८ , समय : ०९:३१:३५ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्