मधेस प्रदेश : सिरहाको माडर नाकामा सशस्त्रका डिएसपी दाहालले खोले तस्करीको लाईन…..

मिति: २०२४-०१-२८ , समय : ०९:२३:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । सिरहाको मुख्य नाका माड़रबाट तस्करीको लाईन खुले सँगै अवैध कपड़ाको तस्करी बढ़न थालेको छ । 

भारतबाट नेपाल नेपाल तर्फ अवैध तस्करीमा माड़र नाकाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) राजू दाहालले तस्करी गराए बापत तस्करबाट मोटो रकम लिने गरेको स्रोतको दावी छ ।

माड़र नाकाको पटेर्वा स्थितबाट भन्सार छलीका अवैध कपड़ाको तस्करीको सूचना पाए लगतै सशस्त्र प्रहरी बल नम्बर गण ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको विशेष टोलीले माड़र गुल्मको एरिया सिरहा नगरपालिका १२ सारस्वर स्थितबाट करीब ७ लाख बढ़ी मूल्य बराबरको अवैध कपड़ा बरामदा गरेको सशस्त्र प्रहरीबल सिरहाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) दिपेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर स्थितको कमला बाँधब भारतबाट अबैध रुपमा नेपालतर्फ आउदै गरेको दुई वटा मोटरसाईकलमा बोकी ल्याउदै गरेको अन्दाजी मुल्य लाख  ८१ हजार ८ सय मूल्य बराबरको अवैध  कपडा र मुल्य एक–एक लाख गरी जम्मा २लाख बराबरको २ थान मोटरसाईकल गरी  ७ लाख  ८१ हजार ८ सय मूल्य बराबरको अवैध समान नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाईएको उनले जानकारी दिए । न्यूज ब्यूरोबाट

प्रकाशित मिति: २०२४-०१-२८ , समय : ०९:२३:४५ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित