अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड भारुभन्दा बढी दान
मिति: २०२४-०१-२५ , समय : १६:०४:१३ , गामघर डेस्क
मिति: २०२४-०१-२५ , समय : १६:०४:१३ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतकाे अयोध्यामा श्रीराम मन्दिर सर्वसाधारणका लागि खुलेको पहिलो दिन नै तीन करोड भारुभन्दा धेरै दान सङ्कलन भएको छ ।
मन्दिर उद्घाटन भएको अर्कोे दिन ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । गएको मङ्गलवार ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न भएको थियो ।
बुधवारदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरेसँगै भीड बढेको छ । पहिलो दिन पाँच लाख जना भक्तजन पुगेका थिए । उनीहरूले अनलाइनमार्फत तीन करोड १७ लाख भारु दान गरेका बीबीसी हिन्दीले जनाएको छ ।
राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० वटा काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत तीन करोडभन्दा धेरै चन्दा प्राप्त भएको बताउनुभएको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-०१-२५ , समय : १६:०४:१३ , ११ महिना अगाडि