जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा राजविराजमा ईन्जिनियरिङ कलेजको उद्घघाटन
मिति: २०२४-०१-२३ , समय : १८:२२:५६ , गामघर डेस्क
मिति: २०२४-०१-२३ , समय : १८:२२:५६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराजमा रहेको ईन्जिनियरिङ कलेज भवनको जनता समाजवादी पार्टिका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एक समारोहबीच उद्घाटन गरेका छन् ।
सप्तरीको राजविराज नगरपालिकाद्वारा आयोजित नव निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति यादवले भवनको उद्घाटन गरेका हुन ।
निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सप्तरी-२ का तत्कालीन सासंद उपेन्द्र यादवको संसदीय कोषको ४ करोड ६३ लाख ८१ हजार ६सय ८० रुपैयाँको लगानीमा उक्त भवन निर्माण गरिएको हो । उक्त भवन राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको हाता भित्र निर्माण गरिएको हो ।
२०७७ साल जेठ ९ गते निर्माण सम्झौता भएको उक्त भवन २०८० भदौ ३१मा सम्पन्न भएको थियो ।
झन्डै ६ करोड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।
भवनभित्र ४ कक्षा कोठा, ल्याब कोठा ३, पुस्तकालय कोठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेका छन् ।
प्रकाशित मिति: २०२४-०१-२३ , समय : १८:२२:५६ , १२ महिना अगाडि