मधेस प्रदेश सरकारबाट बाहिरियो डा. सिके राउत नेतृत्वको जनमत पार्टी
मिति: २०२४-०१-२३ , समय : १८:०४:०७ , गामघर डेस्क
मिति: २०२४-०१-२३ , समय : १८:०४:०७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सरकारबाट समर्थन फिर्ता लिएको पत्र जनमत संसदीय दलले प्रदेस प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ।
मधेस प्रदेससभामा जनमत पार्टीका १३ सांसद छन्।
सप्तरीको राजविराजमा मधेस कृषि विश्वविद्यालयको शिलान्यासका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमत र जसपाबीच मतभेद बढेको हो।
प्रकाशित मिति: २०२४-०१-२३ , समय : १८:०४:०७ , १२ महिना अगाडि