सप्तरीको छिन्नमस्ता भगवति सहित मधेस प्रदेशका राम मन्दिरहरुमा प्राण प्रतिष्ठाको खुसीयालीमा दीपोत्सव ( फाेटाे फिचर )

मिति: २०२४-०१-२२ , समय : २०:२६:०४ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

राजविराज ।
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा सोमबार सप्तरीकाे एेतिहासिक छिन्नमस्ता भगवतिकाे मन्दिर सहित मधेस प्रदेशका जिल्लाहरुमा रहेको राम भगवानकाे मन्दिर राममय भएको छ । आज सोमवार भारतको अयोध्यामा रामको प्राण प्रतिष्ठा गरिएको हाे ।
प्राण प्रतिष्ठा गरिएको खुसीयालीमा सप्तरीको राजविराजस्थित राजरंगशालामा दीप प्रज्वलन गरीको छ । सप्तरी युथ र हिन्दुवादी सङ्गठनले साँझ दीप बालेर दीपोत्सव मनाएको हो ।
हिन्दु धर्मावलम्बीले बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र छिमेकीमुलुक भारतको विहार राज्यका विभिन्न ठाउँमा प्राण प्रतिष्ठाको अवसर पारेर मठ मन्दिर आकर्षक ढङ्गले सजाइएको छ । ठाउँ–ठाउँमा जय श्रीरामको झन्डा लगाइएका कारण गाउँटोल सुन्दर तथा मनमोहक भएको छ ।
मठ मन्दिरमा रामधुन, भजनकीर्तन लगायतको आयोजना गरीएको छ । सोमबार बेलुकी घर–घरमा दीपावली गर्न विश्व हिन्दु परिषद् नेपालले आह्वान गरेको थिए ।
भगवान् राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातन धर्मावलम्बी हर्षित भएका छन् । अयोध्या र नेपालबिच धार्मिक तथा सांस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले रामको प्राण प्रतिष्ठाको अवसरमा दीप प्रज्वलन गरी स्वागत गरीएको हिन्दुवादी सङ्गठनहरुले जनाएको छ ।


त्यस्तै सप्तरीको एेतिहासिक छिन्नमस्ता भगवतिका साथै जिल्लाकाे राम मन्दिर तथा मधेस प्रदेशका घर घरमा दिप प्रजवलन गरि दिपावलि मनाएकाे छ ।

प्रकाशित मिति: २०२४-०१-२२ , समय : २०:२६:०४ , ११ महिना अगाडि