सप्तरीमा कडा सुरक्षा घेराबिच मधेस कृषि विश्वविद्यालयको शिलान्यास : प्रहरीको लाठी प्रहारबाट मधेसका शिक्षा मन्त्री महेश यादव सहित घाइते
मिति: २०२४-०१-२२ , समय : १७:४८:५६ , शुभ नारायण / देबराम यादब
मिति: २०२४-०१-२२ , समय : १७:४८:५६ , शुभ नारायण / देबराम यादब
शुभ नारायण / देबराम यादब
राजविराज ।
सप्तरीको राजबिराज नगरपालिका वडा न.१३ विश्वहरिया स्थित मघेस कृषि विश्वविद्यालयको भवनको सुरक्षा घेरामा शिलान्यास तथा भूमि पूजन सम्पन्न गरिएको छ ।
राजबिराज नगरपालिका वडा न.१३ विश्वहरिया स्थित विश्वविद्यालयको लागी अधिग्रहण गरेको २७ बिघाको आफ्नै प्लटमा शैक्षिक भवनको पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा सोमवार एक समारोह विच शिलान्यास सम्पन्न भएको हो ।
विश्वविद्यालयमा जनमत र जनता समाजवादी पार्टीको राजनीतिक खिचातानीका बीच सुरक्षा घेरामा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको विश्वविद्यालयका उपकुलपति डाक्टर बैद्यनाथ महतोले जानकारी दिनुभयो ।
मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
नेपाल प्रहरी , शसस्त्र र नेपाली सेनाका गरी दुई हजारौंको सङ्ख्यामा प्रहरी परिचालन गरिएकोजिल्ला प्रहरी प्रमुखसिद्धि बज्राचार्य जानकारी दिनुभयो ।
मधेश सरकारको गौरव आयोजना भएकोले सबैको सदभाव, सहभागिता , सहयोगका साथ शिलान्यास सफल भएको मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले बताउनु भयो । उहाँका अनुसार सप्तरीको नागरिक, प्रशासनको सहयोगले हामी निर्धारित समयमै कार्यक्रम सम्पन्न भएको मधेश प्रदेशका मुख्य मन्त्री यादवले बताउनु भयो ।
यसैविच जनमत पार्टीका नेता तथा प्रदेश सभा सदस्य सतिश कुमार सिंहको नेतृत्वमा ब्यानर सहित कार्यक्रम स्थलमा सयौको संख्यामा जनमतका नेता तथा कर्याकर्ताहरूको उपस्थितिमा बिरोध प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवको टाउँको फुटेको छ भने प्रदेश सांसद सतिश कुमार सिंहकोे खुट्टामा चोट लागेको छ । त्यस्तै मन्त्रीका स्वकीय सचिव अमरेन्द्र यादबकोे खुट्टामा चोट लागेको छ, मन्त्री कै पिएसओ प्रहरी जवान रामसरण महतो, मन्त्री कै सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दार प्रभास कुमार मण्डल अन्य धाइते भएको जनाएको छ ।
उनिहरूको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ । राजविराज नगरपालिका वडा न.१३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको बिरोध गर्न पुगेका मन्त्री यादवमाथी प्रहरीले लाठी प्रहारबाट घाइते भएको हो । शिलान्यास कार्यक्रमको जनमत पार्टीले बिरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै गत आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।
यस्तै मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका थिए ।
उहाँले प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: २०२४-०१-२२ , समय : १७:४८:५६ , 1 year अगाडि