भगवान रामकाे प्राण प्रतिष्ठा हुने दिन सप्तरीको तिन पालिकामा सार्वजनिक विदा दिइने निर्णय

मिति: २०२४-०१-२० , समय : २०:४९:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सप्तरीको तीन वटा पालिकामा सार्वजनिक विदा दिइने निर्णय गरेको छ।

सप्तरीको राजविराज नगरपालिका , डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकामा उक्त दिन सार्वजनिक विदा दिइने निर्णय गरिएको छ । माघ ८ गते अर्थात सोमबार भगवान रामको प्राण प्रतिष्ठा गरिने दिन सार्वजनिक विदा दिने निर्णय यो दुई पालिकाले गरेको छ ।

डाक्नेश्वरीका प्रमुख रामलखन मुखिया र शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख अनिता देवी चौधरीले छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएका छन् ।

भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले विदा दिइएको सूचनामा उल्लेख गरिएको छ । दुबै पालिकाले त्यस दिन दिपोत्सव गर्न समेत अनुरोध गरिएको छ ।

रयस्तै भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सप्तरी सदरमुकाम राजविराजले पनि सार्वजनिक विदा दिने भएको छ ।
माघ ८ गते अर्थात सोमबार भगवान रामको प्राण प्रतिष्ठा गरिने दिन सार्वजनिक विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु गुरुङले जानकारी दिए ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले विदा दिइएको उनले बताए ।
नगरपालिकाले त्यस दिन पालिकाभरिको मन्दिरमा दिपोत्सव गर्न समेत अनुरोध गरेको छ । गुरुङका अनुसार त्यस दिन माछा, मासु र रक्सी बिक्री बितरण गर्न पनि बन्देज लगाइएको छ ।

प्रकाशित मिति: २०२४-०१-२० , समय : २०:४९:५६ , ११ महिना अगाडि