मधेशीलाई सँधै गुलाम बनाइराख्न राज्यले मधेशलाई ४/५ टुक्रा पारिएकाे अध्यक्ष उपेन्द्र यादवकाे अाराेप
मधेस आन्दोलनका ६३ जना सहिद परिवारलाई ३ लाख रुपैयाँ र १ थान कम्बल वितरण
मिति: २०२४-०१-१९ , समय : २२:१५:२९ , गामघर डेस्क
मिति: २०२४-०१-१९ , समय : २२:१५:२९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । बलिदानी दिवसलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीलाई सँधैभरि गुलाम बनाइ राख्न राज्यले मधेशलाई ४/५ टुक्रा पारेको भन्दै अाक्रोश पोखेका छन् । वीरगञ्जमा मधेश सरकारको गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले आयोना गरेको छैठौं बलिदानी दिवसलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
‘मधेश आन्दोलन केवल ८ जिल्लालाई मधेश प्रदेश बनाउन भएको थिएन । आन्दोलनको लक्ष्य थियो समग्र मधेश एक स्वायत प्रदेश’ यादवले भने ‘तर जव पुनरसंचना आयोग बन्यो । सर्वेक्षणमा टुक्राटुक्रा बनायो । पश्चिमका थारुले पश्चिम एक प्रदेश हुनुपर्छ माग गर्यो । त्यस बेला हामी स्वीकार्यौं । दुई प्रदेश नै होस् भनेर । तर मधेशलाई सँधैभर गुलाम बनाउन नै मधेशलाई ४/५ टुक्रा गर्यो’
उनले राज्य षडयन्त्रपूर्वक आठ जिल्लालाई दुई नम्बर प्रदेश बनाएपछि तत्कालको लागि मधेश प्रदेश बनाएको बताए । बाँकी उत्पीडनमा रहेका मधेशी जनतालाई पनि मुक्ति दिलाउने उनले आश्वासन दिए ।
‘मुक्तिको भूमिको रुपमा आठ जिल्लालाको भूमिलाई मधेश प्रदेश बनाएका छौं । अन्य स्थानको मधेशी अझै उत्पीडनमा छन्’ अध्यक्ष यादवले भने ‘हाम्रो लक्ष्य मेचीदेखि नारायणी, नारायणीदेखि महाकालीसम्मका मधेशीलाई मुक्ति दिलाउनु हो । त्यागेका पनि छैनो, र त्याग्ने पनि छैनौं ।’
मधेश आन्दोलनबाट मधेश प्रदेश, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, नागरिक स्वतन्त्रता, सरकारी सेवामा ठाउँठाउँमा कर्मचारी बन्न पाएको उनको तर्क छ ।
‘सरकारी सेवा, नोकरी, निजामति सेवामा ठाउँ ठाउँमा मधेशीहरु देखिन थालिएका छन्’, अध्यक्ष यादवले भने ‘अब पहिला जस्तै कसैले हेपेर मधेशिया, मर्सिया, धोती भन्दैन । अब छाती तानेर भन्छौ हामी मधेशी हौं । मधेशी भने संसारका मानिसले बुझ्छन् यो नेपालको मधेशी हो भनेर । यो सबै मधेश आन्दोलनको उपलब्धि हो’
यता बलिदानी दिवसको अवसरमा मधेश आन्दोनलका सहिद परिवार र घाइतेहरुलाई मधेश सरकारले आर्थिक सहायता वितरण गरेको छ ।
वीरगञ्जमा मधेश सरकारको गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले आयोना गरेको छैठौं बलिदानी दिवसमा सहिद परिवारलाई ३/३ लाख र घाइतेहरुलाई १ देखि २ लाख रुपैयाँसम्म वितरण गरेको हो ।
गृह मन्त्री मोहम्मद समिमका अनुसार मधेश आन्दोलनका ६३ जना सहिद परिवारलाई ३/३ लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
यस्तै १०५ जना मधेश आन्दोलनका घाइतेलाई घाइते प्रकृतिको आधारमा १ देखि २ लाख रुपैयाँ प्रदान गरिएको मन्त्री समिमतले बताए । साथसाथै सहिद परिवार र घाइतेलाई एक–एक थान बल्यांकेट र सम्मान पत्र समेत प्रदान गरिएको छ ।
प्रकाशित मिति: २०२४-०१-१९ , समय : २२:१५:२९ , १२ महिना अगाडि