सप्तरीको राजविराजमा नवौं राष्ट्रिय याेग दिवस भव्यताका साथ मनाइयो

मिति: २०२४-०१-१५ , समय : ११:५२:३२ , बिन्दु कुमार यादव

तस्बिर : सामाजिक सन्जालबाट

बिन्दु कुमार यादव

राजविराज । सप्तरीको सदरमुकाम राजविराजमा पतँजलि याेग समिति नेपाल सप्तरीले नवौं राष्ट्रिय याेग दिवस भव्यताका साथ् आज मनाइएको छ।
गरौं योग, रहौ निरोग भन्ने मुल नाराका साथ सो नवौं राष्ट्रिय याेग दिवस भव्यताका साथ् मनाएको हो।
पतँजलि याेग समिति सप्तरीका अध्यक्ष रामस्वरूप चौधरीको अध्यक्षतामा तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा सँचालित कार्यक्रममा प्रादेशिक आयुर्वेदीक तथा बैकल्पिक चिकित्सालय सप्तरीक प्रमुख शिवशंकर यादव, मधेश प्रदेशका मिडिया प्रभारी किसुनदेव यादव, योग शिक्षक सुभाष मण्डल, महिला पतंजलि समितिका महासचिव मालती दास लगायतले आ आफ्ना बिचार व्यक्त गरिएको योग समितिले जनाएको छ।
सो नवौं राष्ट्रिय याेग दिवसको अवसरमा सप्तरीका सम्पुर्ण कार्यलका प्रमुखहरूको उल्लेखिनिय उपस्थिति रहेकाे महिला पतंजलि योग समितिका सचिव रेणु यादवले जानकारी दिनुभयो।
राजबिराज स्थित राज रगँशालाको प्राँगनबाट निकालिएको जुलुस र प्रभातफेरी कँचनपुर रोडको मोड र गजेन्द्र नारायण चौक, उच्च अदालत नजिक हुँदै राज रगँशालामा कोन सभामा परिणत भएको थियोे ।
सय जना भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेकाे सो प्रभातफेरी कार्यक्रममा नवौं राष्ट्रिय याेग दिवस, सफल पारौं, सफल पारौं र गरौ योग,रहौ निरोग भन्ने मुल नाराका साथ योग दिवस मनाएकाे नगर योग समितिले जानकारी दिनुभयो।
प्रादेशिक आयुर्वेदीक तथा वैकलपिक चिकित्सालयका सम्पुर्ण पदाधिकारीको उपस्थिति रहेकाे नवौं राष्ट्रिय याेग दिवस कार्यक्रममा सभ्य र भब्य तरिकाले योगका आसन प्राणायामहरु गरि योगको महत्व विशेष मानव जिवनमा रहेकाोले सबैले प्रशंसा गरेको युवा समितिका प्रभारी किशोर साहले बताउनुभयो।
राजबिराजमा नवौं राष्ट्रिय याेग दिवस भव्यताका साथ् मनाएकोमा पतँजलि नगर योग समितिका अध्यक्ष पँकज देवले खुसी व्यक्त गर्दै मधेश प्रदेश योग समितिका सँगठन मन्त्री बद्रीराज भन्डारीको योगमा उल्लेखनीय भुमिका रहेकाे बताउनुभयो।

प्रकाशित मिति: २०२४-०१-१५ , समय : ११:५२:३२ , ११ महिना अगाडि