लैंगिक समानताका लागि काम गर्न राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

मिति: २०२३-०३-०८ , समय : ०७:०६:२४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ ।’

आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । यसवर्षको दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने नाराका साथ मनाइँदैछ । एजेेन्सिबाट

प्रकाशित मिति: २०२३-०३-०८ , समय : ०७:०६:२४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित